काठमाडौं, २५ भदौ ।
उपप्रधान एवम् गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् । श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् । ज्यापु समाज यलको ललितपुरमा आयोजना गरेको ३०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई जनताले समर्थन गरेको बताए छन् ।
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनसँगै आधारभूत आवश्यता पुरा होस् भन्ने आकांक्षा जनताको रहेको भन्दै यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे ।
श्रेष्ठले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् । उनले सुशासनको अभियानलाई सफल पार्न नदिने नयाँ षडयन्त्र सुरू भएको भन्दै सबै मिलेर यसलाई प्ररास्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।


