असोज १०, काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका दुई ब्याट्सम्यानले गौरवपूर्ण इतिहास बनाएका छन् ।कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा शतक र अर्धशतक पुरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।
कुशलले ३४ बलमा शतक पुरा गरेका थिए । यसअघि ३५ बलसम्म टी-२० अन्तर्राष्ट्रिय शतक बनाएको इतिहास थियो । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।

यस्तै दीपेन्द्रले ९ बलमै अर्धशतक पुरा गरे ।दीपेन्द्रले आफूले सामना गरेका लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन्।भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन। उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया


