• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सहकारीहरुलाई उत्पादनमा केन्द्रित गर्नुपर्छः मन्त्री शर्मा

  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित

प्यूठान, २५ असोज
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरुलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला सहकारी संघ प्यूठानले आयोजना गरेको सहकारीको प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक वृहत अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले अहिले अधिकांश सहकारीहरु ऋण वचतमा मात्रै केन्द्रित भएको भन्दै यो प्रवृत्तिलाई राकेर सहकारीहरुलाई उत्पादनमा केन्द्रित गनुपर्ने बताउनुभएको हो ।

‘सहकारीमा विविधिकरण ल्याउनु आवश्यक छ । धेरै सहकारीहरु वचत र ऋणमा केन्द्रित भएको देखिन्छ । यसलाई विविधिकरण गर्दै उत्पादन, प्रशोधन, वितरण र उपभोगमा सहकारीको दायरा विस्तार गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रुपमा विकसित गर्न यसको विविधिकरणमा ध्यान दिनैपर्छ । कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवं कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संघ संस्थाहरुको संलग्न गराउनेतर्फ स्थानीय तहहरुले विशेष ध्यान दिनु आवश्यक छ ।’

स्थानीयस्तरमा क्रियाशील सहकारीहरु कृषि उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा स्थानीय श्रम, सीप र साधनमा आधारित कृषि सहकारी संस्थाहरुको सक्रियताबाट उत्पादन र वितरण सुदृढ गरी खाद्य सुरक्षा पनि सुनिश्चित गर्न सकिने बताउनुभयो । प्यूठानजस्तो भौगोलिक अवस्थिति भएको जिल्लामा कृषि सहकारीहरुलाई विशेष प्रोत्साहन गर्दै विशिष्टीकृत कृषि एवं वनजन्य उत्पादनमा जोड दिने नीति स्थानीय तहहरुले बनाउनु उपयुक्त हुने उहाँको सुझाव थियो ।
स्थानीय तहहरुले सहकारी संस्थाहरुको अग्रसरता र संलग्नतामा सञ्चालन हुने उत्पादन, प्रशोधन र वितरणको कार्यलाई प्रोत्साहन गर्ने नीति बनाउनु आवश्यक रहेको औल्याउँदै उहाँले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको र सहकारीलाई तीन खम्बे अर्थनीतिको एउटा खम्मा मानेकाले अब सहकारीहरुलाई समाजवाद निर्माणको आधारको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका बढाउँदै गएमा घरेलु तथा साना, मझौला र सहकारितामा आधारित ठूला औद्योगिक व्यवसायको सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले यसतर्फ पनि सहकारीको भूमिका फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो । परम्परागत उत्पादन र पेशा लोप हुँदै गएकाले सहकारीमार्फत यसको प्रवर्धन गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

पछिल्लो समय सहकारी क्षेत्रमा बेथितिहरु देखिन थालेको उल्लेख गर्दै उहाँले केही सहकारी र सहकारीकर्मीबाट हुने बेथितिलाई सहकारी क्षेत्रकै कमजोरीको रुपमा लिन नहुने र त्यभित्रको कमजोरी स्वयं सहकारी क्षेत्रले नै अन्त्य गर्नुपर्ने मन्त्री शर्माको जोड छ । राजनीतिमा केही नेताले भ्रष्टाचार गर्दा राजनीतिलाई बदनाम गर्ने, सहकारीमा लागेका केहीले कमजोरी गर्दा सहकारी क्षेत्रमाथि नै बदनाम गर्ने प्रवृत्ति गलत भएको भन्दै उहाँले अंशलाई टिपेर प्रणालीमाथि नै प्रहार गर्ने प्रवृत्तिविरुद्ध सचेत हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देशभर सञ्चालित ३२ हजारमध्ये २३ हजार सहकारी स्थानीय तहकै मातहत रहेकाले सहकारीको प्रवर्धनमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । देशभरका सहकारीकर्मीमध्ये ५६ प्रतिशत महिला रहेको औल्याउँदै उहाँले यो समावेशिताको अभ्यास गर्ने महत्वपूर्ण थलो भएको र अब समाजवाद निर्माणको आधार बनाउन सकिने बताउनुभयो ।

 

बिहिबार, असोज २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.