• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणको सक्रियता : महशुल नतिर्ने थप उद्योगको लाइन काटिने

  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित

काठमाडौँ ,१२ पुस
घरायसी प्रयोजनका लागि जोडिएको विजुलीको महशुल तिर्न एक महिनामात्र ढिला भएपनि विद्युत प्राधिकरणले चर्को जरिवाना लिन्छ । केही महिना मात्र महसुल तिरेन भने लाइन नै काटिदिन्छ । तर उद्योगहरूले अरबौँ रुपैयाँ महशुल नतिर्दा महशुल उठाउन प्रधानमन्त्रीकै निर्देशन पर्खनुपर्ने अवस्था प्राधिकरणलाई किन आयो ? यतिखेर प्रश्न उठेको छ ।

नेपाल विद्युत प्राधिकरणले ६१ वटा उद्योगहरूसँग २२ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता महशुल उठाउन सकेको छैन । अरबौँ रुपैयाँ बक्यौता भएपछि पैसा उठाउन प्राधिकरणलाई हम्मे हम्मे परेको थियो ।

त्यसपछि पैसा नतिर्ने उद्योगको लाइन नै काट्न प्रधानमन्त्रीले निर्देशन नै दिनुपर्‍यो । प्रधानमन्त्रीको निर्देशनपछि मात्र अहिले प्राधिकरणले ९ वटा उद्योगको लाइन काट्देको छ । अब अझै कति उद्योगले तिर्न बाँकी छ र कहिलेसम्म तिर्न ताकेता गरिएको छ भन्ने तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको छ । र महशुल नतिर्ने थप उद्योगको लाइन काट्ने चेतावनी पनि प्राधिकरणले सँगै दिएको छ।

त्यसका लागि प्राधिकरणले २५ प्रतिशत महसुल तिरेर पुनरावलोकन प्रक्रियामा जान सकिने लचकता पनि अपनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी प्राधिकरणसँग भएका प्रमाणका आधारमा बक्यौता उठाउने बताउनु भएको हो । उद्योगीहरूले विना प्रमाण प्रिमियम थपेर बिल पठाएको तथा बत्ती काटेको आरोप लगाएपछि कार्यकारी निर्देशक घिमिङले पत्रकार सम्मेलन नै गरेर बक्यौताको बारेमा बोल्नुभएको हो ।

प्राधिकरणका अनुसार मंसिर मसान्तसम्ममा ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रकम छ । जसमध्ये करिब १२ अर्ब ५० करोड रुपैँया हालै लाइन काटिएका ९ वटा ठूला उद्योगहरूको मात्र छ ।

डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद भने पुरानो हो । जुन अदालती प्रकृयामा समेत छ । त्यसो त डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी ४५ वटा मुद्दा आफ्नो पक्षमा फैसला भएको प्राधिकरणको दाबी छ ।

उपभोक्ताले विगतमा दैनिक रुपमा १७/१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेको बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैर व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टा भन्दा बढी विद्युत प्रयोग गरेको प्राधिकरणको भनाइ छ ।

२ सय ३९ ग्राहकमध्ये १ सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियम सहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन । उता उद्योगीहरूले भने विजुलीको मिटर रिडिङको प्रमाण अर्थात टिओडी उपलब्ध गराउन प्राधिकरणलाई भनेका छन जुन मेटिइसकेको प्राधिकरणको जवाफ छ ।

उद्योगहरूको लाइन काटिएपछि हजारौँ मजदुर बेरोजगार भएको समाचारहरू पनि आएका छन ।

बिहिबार, पुष १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.