• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बाँझोपन हटाउने सङ्कल्पका साथ नेपालमा आईभिएफ केन्द्रको स्थापना

  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित

भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौँमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ। भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफ आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको छ।

नेपालमा एउटा केन्द्र स्थापना गर्ने निर्णय यस क्षेत्रका धेरै व्यक्तिहरूलाई सताउने बाँझोपनको सामना गर्ने तत्कालको आवश्यकता बोधबाट उत्पन्न भएको हो। तथ्याङ्क र प्रमाणहरूले विगत केही वर्षहरूमा नेपालको प्रजनन दरमा लगातार गिरावट आएको सङ्केत गर्छ। सन् २०२३ मा यो दर प्रतिमहिला १.७९९ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा १.४८ प्रतिशतले कमि हो। बृहत् अध्ययनहरूले बाँझोपनसँग लडिरहेका नेपाली परिवारहरूले सामना गरिरहेका गम्भीर आर्थिक तनावदेखि सामाजिक बहिष्करण, हिंसाका घटना र उचित मृत्युसंस्कार समेत प्राप्त नहुने जटिल चुनौतीहरूलाई उजागर गरेको छ।

नेपालमा स्वास्थ्य सेवाको यात्रा सुरु गर्दै इन्दिरा आईभीएफ यस क्षेत्रलाई बलियो रूपमा जकडेको बाँझोपनका गम्भीर चुनौतीहरूको सामना गर्न दृढ छ। बाँझोपनको भावनात्मक पक्ष यसै महङ्गो छ भने मार्मिक वास्तविकता यो पनि छ कि धेरै नेपाली दम्पतीहरू गुणस्तरीय उपचारको लागि भारत जान बाध्य छन्। यो कठिन यात्राले उनीहरूको आर्थिक बोझ र व्यवधानहरू मात्र बढाउँछ। हामी नेपालका मानिसहरूले बाँझोपनको सामना गर्दा भोग्ने विशेष कठिनाइहरू बुझ्दछौं। एक चिकित्सा अवस्थाको रूपमा बाँझोपनको बारेमा जागरूकताको कमी र मद्दतको लागि सही ठाउँहरू छनौट गर्न वा फेला पार्न गाह्रो हुनु पनि यसका समस्या हुन्। इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईले जोड दिइन् ।

उनले भनिन्, “नेपालमा बाँझोपनको प्रभाव गहिरो हुन्छ। यसको असर गर्भधारण गर्न असक्षमताको स्थिती मात्र नभई त्योभन्दा धेरै टाढासम्म फैलिएको हुन्छ। यस्तो अवस्थामा दम्पतिहरूले ठूलो पीडा अनुभव गर्छन्, बहिष्करण र अक्षमताको महसुस गर्छन्। सन्तानविहीन हुनुको असर पश्चिमी समाजको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा बढी नै हुने गर्छ।” नेपालमा स्वास्थ्य सेवाहरू उपलब्ध हुँदाहुँदै पनि ती मुख्यतया सहरी क्षेत्रका निजी अस्पतालहरूमा मात्र सीमित छन्। प्रायः महँगो र उच्च सामाजिक, आर्थिक तहका मानिसहरूका लागि मात्र पहुँचयोग्य साबित हुन्छन्।

यसबाहेक बाँझोपनमा विशेषज्ञता हासिल गरेका दक्ष स्वास्थ्यकर्मीको अभावले समस्यालाई झनै बढाउँछ। सीमित संशाधन भएका ठाउँहरूमा उपचारका विकल्पहरूको बारेमा चेतनाको कमिले बाँझोपनसँग जुधिरहेका व्यक्ति र दम्पतिका चुनौतीलाई थप बढाउने गर्दछ। “हाम्रो स्थायी मिशन भनेको बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्नु हो। दम्पतिहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्नु हो,” इन्दिरा आईभीएफ नेपालकि केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ  डा. नेहा हुमागाईले टिप्पणी गरिन् ।

उनले भनिन्, “नेपालमा बाँझोपन बढ्दो चिन्ताको रूपमा रहेको छ जसलाई तत्काल ध्यानाकर्षणको आवश्यकता छ। पूर्वी नेपालका अध्ययनहरूले बाँझो दम्पतिहरूमध्ये ४६ प्रतिशत पुरुषहरूले खाडीमा काम गरेको पत्ता लगाएको छ, यसले प्रमुख कारकको रूपमा बसाइँसराइलाई सङ्केत गरेको छ। यद्यपि यसलाई राम्रोसँग बुझ्न थप अनुसन्धान आवश्यक छ। धेरै आप्रवासी कामदारहरूले सामना गर्ने कठिन जीवन अवस्थाहरू जस्तै : चरम गर्मी, खराब आहार र कठिन जीवन अवस्थालाई महत्त्वपूर्ण कारणहरूका रूपमा हेरिन्छ। अस्वस्थ जीवनशैली र बालीहरूमा प्रयोग गरिने कीटनाशकहरूको एक्सपोजरले पनि बाँझोपनका घटनाहरूमा ठूलो भूमिका खेल्छ।”

“नेपालमा इन्दिरा आईभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ। व्यापक हेरचाह प्रदान गर्न, बाँझोपनसँग सम्बन्धित मनोवैज्ञानिक र भावनात्मक पीडा कम गर्न र अभिभावकत्व तर्फको यात्रामा व्यक्ति र दम्पतिहरूलाई सशक्त बनाउन क्लिनिक प्रतिबद्ध छ”, इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा. अजय मुर्दियाले टिप्पणी गरे।

दुई हजार ४ सयभन्दा बढी व्यक्तिहरूको समर्पित टीमको साथ भारतमा १२० भन्दा धेरै केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले प्रत्येक वर्ष भारतमा ४० हजारभन्दा बढी प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्दछ। संगठनको यस सफलतालाई प्रविधिमा गरिएको निरन्तरको लगानी, विशेषगरी असिस्टेन्ट रिप्रोडक्टरी टेक्नोलोजी (एआरटी) उपचारको क्षेत्रमा गरिएको लगानीलाई श्रेय दिन सकिन्छ।

“हामी हाम्रा सेवाहरू भारतभन्दा बाहिर विस्तार गर्न र उन्नत प्रजनन उपचारको लागि विश्वव्यापी पहलमा योगदान गर्न पाउँदा उत्साहित छौँ। इन्दिरा आईभीएफयी परिवर्तनकारी आविष्कारहरू अपनाउनेमा अग्रस्थानमा छ। हाम्रो प्रतिबद्धता व्यक्तिगत उपचारमा निहित छ भने हाम्रो विश्वास नवीनतम प्रविधिमा छ जसले सफलताको दर मात्र बढाउँदैन, बरू बाँझोपनको सामना गरिरहेका जोडीहरूमा आशाको सन्चार गर्दछ। हामी दम्पतिहरूलाई उनीहरूको अभिभावकत्वको सपना साकार पार्न सम्भावित हरेक अवसर प्रदान गर्ने प्रयास गर्छौं,” इन्दिरा आईभीएफका सीईओ र सह-संस्थापक डा. क्षितिज मुर्दियाले भने ।

इन्दिरा आईभीएफमा प्रतिबद्ध टीम उपचारका उच्चतम स्तरहरू कायम राख्न पूर्ण रूपमा प्रशिक्षित छ। उत्कृष्टताप्रतिको यो समर्पणले नेपालमा बाँझोपनको उपचारलाई रूपान्तरण गर्ने संस्थाको संकल्पलाई थप प्रकाश पार्छ। काठमाडौँमा इन्दिरा आईभीएफको स्थापनाले महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ जसले नेपालका इच्छुक आमाबाबुहरूलाई प्रजनन उपचारमा असाधारण पहुँच प्रदान गर्दछ र उनीहरूको अभिभावकत्वको सपनालाई वास्तविकतामा परिणत गर्ने सम्भावना समेत प्रदान गर्दछ।

सोमबार, पुष १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.