• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

संसद् क्यालेन्डरबारे परामर्श

  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

प्रतिनिधि सभाको कामकारबाही तालिकाबद्ध गर्न सभामुख देवराज घिमिरेले कार्यतालिका (क्यालेन्डर) निर्माणको परामर्श थाल्नुभएको छ । सभामुख घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकसँग क्यालेन्डर निर्माण गरेर सभा र समिति सञ्चालनबारे परामर्श लिनुभएको हो । तत्कालका लागि कम्तीमा १५ दिनदेखि बढीमा एक महिनासम्मको क्यालेन्डरमा सचिवालयले गृहकार्य गरेको छ ।

सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले कार्यतालिकाबारे सचिवालयले पनि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखको परामर्शसँगै सचिवालयले विषयवस्तु पहिचान र कार्य दिनलगायतका विषय समेटेर कार्यदलको प्रारम्भिक मस्यौदामा काम गरिरहेको छ ।

राजनीतिक परामर्शमा सभामुखले सभालाई व्यवस्थित बनाउन र समितिलाई थप प्रभावकारी बनाउन क्यालेन्डरको प्रस्ताव गर्नुभएको थियो । यसअघि पनि क्यालेन्डरको बहस भए पनि कार्यान्वयनमा आउन सकेको छैन । कतिपय सांसदले संसद्को क्यालेन्डर निर्माण माग गर्दै आएका छन् । तर सरकारसँगको समन्वयबिना क्यालेन्डर सम्भव नहुने भएकाले सभामुख घिमिरेले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग पनि बिहीबार परामर्श गर्नुभएको छ ।

सचिवालयले तयार पारेको प्रारम्भिक खाका अनुसार हप्तामा सभा र समिति गरेर बढीमा छ दिनको तालिका प्रस्तावित छ । जसमा तीन दिन सभा र तीन दिन समितिको बैठक राख्ने प्रस्ताव गरिएको छ । कुन दिन कुन विषयमा छलफल हुने भन्ने पहिल्यै निक्र्योल गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै विधेयक छलफलको पनि दिन नै तोकिने सचिवालयको प्रस्ताव छ । सरकार र विभागीय मन्त्रीसँगको समन्वयमा अगाडि नै विधेयक छलफलको मिति तोकिँदा कामकारबाही प्रभावकारी हुने सचिवालयको निष्कर्ष छ । विधेयकको नामसहित त्यस्तो छलफलको मिति तय गरिने छ । यस्तै शून्य र विशेष समयलाई पनि वैकल्पिक रूपमा सञ्चालन गर्ने प्रस्ताव छ । एक दिन शून्य र अर्को दिन विशेष समय सञ्चालन प्रस्ताव गरिएको छ ।

यस्तै सचेतकसँगको छलफलमा सभामुखले प्री बजेट छलफल हिउँदे अधिवेशनमा गर्नेबारे पनि परामर्श गर्नुभएको छ । हिउँदे अधिवेशनमै प्री बजेट छलफल गर्ने घोषणा एक वर्ष कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गर्नुभएको थियो । प्रधानमन्त्रीको घोषणापछि संसद्ले पनि आफ्नो तयारी थालिएको हो ।  सभामुखले परामर्शमा संसदीयमैत्री समूह गठन, क्लाइमेट पार्लियामेन्ट ग्रुप गठन तथा एनसेल प्रकरणमा समितिले विषय तानातान गरेकोमा पनि दलका प्रतिनिधिसँग परामर्श गर्नुभएको थियो ।

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.