• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

संसद् क्यालेन्डरबारे परामर्श

  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

प्रतिनिधि सभाको कामकारबाही तालिकाबद्ध गर्न सभामुख देवराज घिमिरेले कार्यतालिका (क्यालेन्डर) निर्माणको परामर्श थाल्नुभएको छ । सभामुख घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकसँग क्यालेन्डर निर्माण गरेर सभा र समिति सञ्चालनबारे परामर्श लिनुभएको हो । तत्कालका लागि कम्तीमा १५ दिनदेखि बढीमा एक महिनासम्मको क्यालेन्डरमा सचिवालयले गृहकार्य गरेको छ ।

सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले कार्यतालिकाबारे सचिवालयले पनि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखको परामर्शसँगै सचिवालयले विषयवस्तु पहिचान र कार्य दिनलगायतका विषय समेटेर कार्यदलको प्रारम्भिक मस्यौदामा काम गरिरहेको छ ।

राजनीतिक परामर्शमा सभामुखले सभालाई व्यवस्थित बनाउन र समितिलाई थप प्रभावकारी बनाउन क्यालेन्डरको प्रस्ताव गर्नुभएको थियो । यसअघि पनि क्यालेन्डरको बहस भए पनि कार्यान्वयनमा आउन सकेको छैन । कतिपय सांसदले संसद्को क्यालेन्डर निर्माण माग गर्दै आएका छन् । तर सरकारसँगको समन्वयबिना क्यालेन्डर सम्भव नहुने भएकाले सभामुख घिमिरेले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग पनि बिहीबार परामर्श गर्नुभएको छ ।

सचिवालयले तयार पारेको प्रारम्भिक खाका अनुसार हप्तामा सभा र समिति गरेर बढीमा छ दिनको तालिका प्रस्तावित छ । जसमा तीन दिन सभा र तीन दिन समितिको बैठक राख्ने प्रस्ताव गरिएको छ । कुन दिन कुन विषयमा छलफल हुने भन्ने पहिल्यै निक्र्योल गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै विधेयक छलफलको पनि दिन नै तोकिने सचिवालयको प्रस्ताव छ । सरकार र विभागीय मन्त्रीसँगको समन्वयमा अगाडि नै विधेयक छलफलको मिति तोकिँदा कामकारबाही प्रभावकारी हुने सचिवालयको निष्कर्ष छ । विधेयकको नामसहित त्यस्तो छलफलको मिति तय गरिने छ । यस्तै शून्य र विशेष समयलाई पनि वैकल्पिक रूपमा सञ्चालन गर्ने प्रस्ताव छ । एक दिन शून्य र अर्को दिन विशेष समय सञ्चालन प्रस्ताव गरिएको छ ।

यस्तै सचेतकसँगको छलफलमा सभामुखले प्री बजेट छलफल हिउँदे अधिवेशनमा गर्नेबारे पनि परामर्श गर्नुभएको छ । हिउँदे अधिवेशनमै प्री बजेट छलफल गर्ने घोषणा एक वर्ष कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गर्नुभएको थियो । प्रधानमन्त्रीको घोषणापछि संसद्ले पनि आफ्नो तयारी थालिएको हो ।  सभामुखले परामर्शमा संसदीयमैत्री समूह गठन, क्लाइमेट पार्लियामेन्ट ग्रुप गठन तथा एनसेल प्रकरणमा समितिले विषय तानातान गरेकोमा पनि दलका प्रतिनिधिसँग परामर्श गर्नुभएको थियो ।

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.