राष्ट्रपति रामचन्द्र पौडेलले बुटवलको जितगढी किल्ला राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताउनु भएको छ । ठूला साम्राज्यसँग नेपाली सेनाको बहादुरीले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी जीतगढी किल्ला भएको राष्ट्रपति पौडेलले बताउनु भयो ।
जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो किल्लालाई आगामी दिनमा नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धनमा चासो बढाउन बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्नु भएकोछ । ।
जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र मानेर आसपासका पर्यटकीय क्षेत्रलाई एउटै सर्किटमा जोड्न आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइछ ।
उहाँले ‘तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिनेछ’ राष्ट्रपति पौडेललेले भने,’यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाह गर्नेछ, उहाँले भन्नुभयो।’
किल्लाको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि बुटवल उपमहानगरले योजना बनाएको भन्दै राष्ट्रपतिले प्रशंसा गर्नु भएकोछ ।


