• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

राष्ट्रियसभामा एक्ला एक्लै लड्दा कुन पार्टिले कति सिट जित्छ

  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता–प्रतिपक्ष भागबण्डाको प्रयास भइरहेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच राष्ट्रिय सभामा भागबण्डा मिलाउन नेताहरु छलफलमा छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीले राखेको प्रस्तावमा सकारात्मक छन् । एमालेलाई राष्ट्रिय सभामा मिलाएर जाँदा सबै कुरामा सजिलो हुन्छ भन्ने प्रचण्ड र देउवाको बुझाइ छ । एमालेलाई राष्ट्रिय सभामा सिट दिने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भने कडा विमति छ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार बुधबार दिउँसो र बिहीबार बिहान बसेको सत्ता गठबन्धन बैठक एमालेको प्रस्तावकै विषयमा केन्द्रित भएको थियो । ती नेताका अनुसार कांग्रेस र माओवादीका नेताहरूले गठबन्धनभित्र भागबण्डा हुँदा कांग्रेस ९–१०, माओवादी ५–६, एकीकृत समाजवादी २, जसपालाई १ सिटको खाका तयार पारेका छन् । यसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सिटको हिसाब राखिएको छैन ।

गठबन्धनको बैठकमा अहिलेसम्म सत्ता साझेदार जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतलाई समेट्ने कुनै गुञ्जायस छैन । जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभामा एक–एक सिट माग गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीसँग छलफल थालेपछि उनीहरूको माग ओझेलमा परेको छ । कांग्रेस निकट स्रोतका अनुसार एमालेले ६ सिट मागे पनि बढीमा ४ सिट दिने तयारी छ । टीआरसीबारे ठोस सहमति र ४ सिटमा चित्त बुझाए गठबन्धनको अहिले खाका हेरफेर हुनेछ । कांग्रेसले ९राष्ट्रपतिबाट मनोनीतसहित० ८, माओवादीले पाँच, एकीकृत समाजवादी २ र जसपाले एक सिट पाउने छ । बाँकी ४ सिट एमालेले पाउने कांग्रेस र माओवादीको हिसाब छ । तर, अहिलेसम्म एमालेले राष्ट्रिय सभामा भाग पाउने–नपाउने टुङ्गो लागिसकेको छैन ।

सत्ता गठबन्धनमा एमालेलाई भाग दिने सहमति नभए सातै प्रदेशमा एमाले शून्य हुने छ । फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ ९एक मनोनीत सहित०, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् । प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख–उपप्रमुखको मतभार अलग–अलग हुन्छ । राष्ट्रिय सभा निर्वाचनको मतभार जनसंख्याका आधारमा निकालिन्छ ।

निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई हजारले भाग गर्दा निस्कने अङ्क नै राष्ट्रिय सभा निर्वाचनको मतभार हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यसलाई सातवटै प्रदेशका कुल प्रदेश सांसद ५ सय ५० ले भाग गर्दा ५३ हजार २७ योगफल हुन्छ । यसलाई हजारले भाग गर्दा ५३ हुन आउँछ । त्यस्तै कुल ७५३ पालिकामा प्रमुख–उपप्रमुख गरी १ हजार ५ सय ६ मतदाता हुन्छन् । यसले कुल जनसंख्यालाई भाग गर्दा १९ हजार ३ सय ६६ हुन आउँछ । यसलाई हजारले भाग गर्दा १९ हुन हुन्छ । यो नै पालिकाका प्रमुख–उपप्रमुखको मतभार हो । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमाा सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको १ नम्बर प्रदेशसभा पद रिक्त छ । निर्वाचन आयोगले रिक्त र निलम्बनबाहेक राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सदस्य ५४९ र पालिकाका प्रमुख–उपप्रमुख १४ सय ९८ कायम गरेको छ । राष्ट्रिय सभाका मतदाताको अंकगणित हेर्दा सात प्रदेश मध्ये ६ वटामा कांग्रेस पहिलो छ । कोशी प्रदेशमा भने एमालेको मतभार कांग्रेसको भन्दा बढी छ ।

rastriya sabha mata bahar

कोशी प्रदेश सभामा एमालेका ४० सांसद र ११० पालिका प्रमुख–उप्रमुखको मतभार ४ हजार २१० छ भने कांग्रेसका २९ सांसद र ११५ पालिका प्रमुख–उपप्रमुखको मतभार ३ हजार ७ सय २२ हुन्छ । यस्तै माओवादी केन्द्रका १३ सांसद र ३१ पालिका प्रमुख–उपप्रमुखको मतभार १,२७८ हुन्छ भने राप्रपाको ६ सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार ३९४ हुन्छ । एकीकृत समाजवादीका ४ सांसद र ७ पालिका प्रमुख–उपप्रमुखको मतभार ३४५ हुन्छ भने जसपाका १ प्रदेश र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार १२९ छ । स्वतन्त्रको १९ मतभार छ ।

यस्तै मधेस प्रदेशका दुई सिटमा हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको पल्लाभारी छ । कांग्रेसका २२ सांसद र १०५ पालिका प्रमुख–उपप्रमुखको मतभार ३ हजार १६१ छ । यस्तै एमालेका २३ सांसद र ५७ पालिका प्रमुख–उपप्रमुखको मतभार २,३०२ छ भने एकीकृत समाजवादीका ७ सांसद र ११ पालिका प्रमुख–उपप्रमुख ५१ गरी १९ सय २३ मतभार छ । माओवादी केन्द्रका ८ सांसद र १८ पालिका प्रमुख–उपप्रमुखको मतभार ७ सय ६६ छ भने जनमत पार्टीका १३ सांसद र ३ पालिका प्रमुख–उपप्रमुख गरी ७ सय ४३ मतभार छ । यस्तै एकीकृत समाजवादी ७ सांसद र ९ पालिका प्रमुख–उपप्रमुखको मतभार ५ सय ४२ छ भने लोकतान्त्रिक समाजवादी पार्टीका ९ सांसद र १९ पालिका प्रमुखको मतभार ९३३ छ । मधेस प्रदेशमा राप्रपाको ५३, तमलोपाको १९, विवेकशील साझाको ३८ मतभार छ । दलहरु एक्लाएक्लै लड्का मधेसमा हुने दुई सिटको निर्वाचनमा कांग्रेस निर्वाचित हुने देखिन्छ ।

यस्तै बागमती प्रदेशको मतभारमा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसका ३७ सांसद र १०८ पालिका प्रमुख–उपप्रमुखको मतभार ४ हजार १३ छ भने एमालेलेका २७ सांसद र ६० पालिका प्रमुख–उपप्रमुखको मतभार जोड्दा २ हजार ५७१ पुग्छ । यस्तै माओवादीका २१ सांसद र ५७ पालिका प्रमुख–उपप्रमुखको मतभार २ हजार १९६ छ भने एकीकृत समाजवादीका ७ सांसद, ९ पालिका प्रमुख–उपप्रमुखको मतभार ५ सय ४२ छ । हाम्रो नेपाली पार्टीका २ सांसदको मतभार १०६ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद र २ पालिका प्रमुखको मतभार १९६ छ । एक जना स्वतन्त्रबाट जितेका ९काठमाडौँ महानगरपालिका प्रमुख० पालिका प्रमुखको मतभार १९ छ । यस्तै गण्डकी प्रदेश सभातर्फ सबैभन्दा ठुलो दल कांग्रेसका २७ सांसद र ६७ पालिका प्रमुख–उपप्रमुख गरी २७ सय ४ मतभार छ । एमालेबाट गण्डकी प्रदेश सभामा २२ र ६८ पालिका प्रमुख—प्रमुखको मतभार २४ सय ३९ छ । एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली निलम्बित छन् । गण्डकीमा माओवादीका ८ सांसद र ३० पालिका प्रमुख–उपप्रमुखको मतभार ९४१ मतभार छ ।

राष्ट्रिय जनमोर्चाका ३ प्रमुख उपप्रमुखको मतभार ५७ छ भने एकीकृत समाजवादीका १ सांसद ९स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ० र एक पालिका प्रमुखको गरी जम्मा मतभार ७२ छ । यस्तै, राप्रपाको १ सय ६ मतभार छ भने एक स्वतन्त्र निर्वाचित एक पालिका प्रमुखको मतभार १९ छ । नेपाल समाजवादी पार्टीको एक सांसदको मतभार ५३ छ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठुलो शक्ति छ । कांग्रेसका २७ सांसद, ९२ पालिका प्रमुख–उपप्रमुख गरी कुल ३ हजार १ सय ७९ मतभार छ । यस्तै एमालेका २९ सांसद र ६७ पालिका प्रमुख–उपप्रमुखको मतभार २ हजार ६ सय ३० छ भने माओवादीका १० सांसद र ४० पालिका प्रमुख–उपप्रमुखको मतभार १ हजार २ सय ९० छ । राप्रपाका ४ सांसद र ३ पालिका प्रमुख–उपप्रमुखको मतभार २६९ छ भने जसपाका ३ सांसद र ३ पालिका प्रमुख र उपप्रमुखको मतभार २७६ देखिन्छ । लोसपाका ३ सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार २३५ छ भने एकीकृत समाजवादीका एक सांसदको ५३ मतभार छ ।

राष्ट्रिय जनमोर्चाका एक सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार १२९ हुन्छ भने जनता प्रगतिशील पार्टी नेपालका २ पालिका प्रमुख–उपप्रमुखको मतभार ३६ हुन्छ । प्रदेश सभामा जनमत पार्टीका ३ सांसदको मतभार १४४ छ भने नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको १९२ मतभार छ । स्वतन्त्र १ सांसदको मतभार ५३ छ । यस्तै कर्णाली प्रदेशमा पनि कांग्रेस पहिलो छ । कांग्रेसका १४ सांसद र ६० पालिका प्रमुख–उपप्रमुखको मतभार १ हजार ८ सय ८२ छ । कर्णालीमा दोस्रो स्थानमा रहेको माओवादीका १३ सांसद र ४८ पालिका प्रमुख–उपप्रमुखको मतभार १६ सय १ छ ।

यस्तै एमालेका १० सांसद र ३५ पालिका प्रमुख–उपप्रमुखको मतभार १ हजार १ सय ९५छ भने एकीकृत समाजवादीका १ सांसद र १० पालिका प्रमुख–उपप्रमुखको मतभार २४३ छ । कर्णालीमा राप्रपाको ५३ मतभार छ । सुदूरपश्चिमा पनि कांग्रेस नै पहिलो छ । कांग्रेसका १८ ९एक रिक्त० सांसद र ८६ पालिका प्रमुख–उपप्रमुखको मतभार २ हजार २ सय ८८ छ । यस्तै एमालेको १० सांसद र ५० पालिका प्रमुख–उपप्रमुखको मतभार १ हजार ४ सय ८० हुन्छ भने माओवादीका ११ सांसद र २५ पालिका प्रमुख–उपप्रमुखको मतभार जोड्दा १,०५८ पुग्छ । एकीकृत समाजवादीका ४ सांसद र ५ पालिका प्रमुख–उपप्रमुखको मतभार ३०७ छ भने नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र ७ पालिका प्रमुख–उपप्रमुखको मतभार ५ सय ४ छ ।

यस्तै राप्रपाका एक सांसदको मतभार ५३ छ भने एक स्वतन्त्र सांसद र ३ पालिका प्रमुखको मतभार १ सय १० हुन्छ । सातै प्रदेशको यो अंकगणित अनुसार सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएमा कांग्रेसले १९ मा १७ सिटमा जित हासिल गर्ने देखिन्छ । बाँकी दुई सिटमा एमाले निर्वाचित हुने अवस्था छ ।

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.