काठमाडौँ ,२२ पुस
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका छ वटा पदमा उठाउने उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकले ६ जना उम्मेदवारहरु टुंगो लगाएको हो ।
बैठकले चम्पादेवी कार्की, श्रीकृष्णप्रसाद अधिकारी, मनरूपा शर्मा सुवेदी, झक्कुप्रसाद सुवेदी, विष्णु विक र रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रिक्त हुने १९ सीटको लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको भोलि उम्मेदवारी दर्ता कार्यक्रम राखिएको छ । यसअघि आज विहान बसेको सत्ता गठबन्धन बैठकमा गठबन्धन भित्र रहेका दलहरु बीच भागबण्डाको सहमति जुटेको थियो । कुल १९ सिट मध्ये माओवादीले ६ सीट परेको छ ।
को कहाँ ?
कोशी- चम्पादेवी कार्की
वाग्मती- श्रीकृष्णप्रसाद अधिकारी
गण्डकी- मनरूपा शर्मा सुवेदी
लुम्बिनी- झक्कुप्रसाद सुवेदी
कर्णाली- विष्णु विक
सुदूरपश्चिम- रेणु चन्द


