• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

११ बुँदे सहमतिपछि आन्दोलन स्थगित, मृतकको शव उठाइने

  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित

गएको शुक्रबार सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तराेन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनपश्चात भएको समस्या समाधानका लागि आइतबार ११ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको छलफलबाट ११ बुँदे सहमति भएको हो ।

छलफलबाट प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका ३० वर्षीय जयशङ्कर साहको पार्थिव शरीरलाई तत्काल व्यवस्थापन गरी पोष्टमार्टमपश्चात आफन्तलाई बुझाउने सहमती भएको छ । त्यस्तै, गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सबै पक्षले आ–आफ्नो तर्फबाट घटना सम्बन्धमा निष्पक्ष छानबिन गर्न सहयोग गर्ने, मृतकको परिवारका एक जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने, प्राथमिक स्वास्थ्य केन्द्रको स्नतराेन्नति पश्चात कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल सञ्चालन सम्बन्धमा नगरप्रमुख र मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको सहकार्य एवम् छलफलबाट टुङ्गाउने, अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जयशङ्कर साहको सालिक स्थापना गर्ने सहमति भएको हो ।

त्यसैगरी, उद्योग वाणिज्य सङ्घ बरहथवासहित पाँच दलिय गठबन्धन (कांग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टी) ले सबै विरोधका कार्यक्रम स्थगित गर्ने र विगतलाई बिर्सेर आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सञ्चालनका लागि सबै पक्षले आ-आफ्नो तहबाट सहयोग गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

छलफलले दोषी प्रहरी कर्मचारीलाई छानबिन गरी कारबाहीको प्रक्रिया अगाडी बढाउने, मृतकलाई सहिद घोषणा गर्ने प्रक्रियाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने, आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारीसाधन लगायत सम्पत्तिको क्षतिको मूल्याङ्कन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने निर्णय भएको छ ।

मधेश प्रदेश सरकारका स्वास्थ्य जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, अर्थमन्त्री सन्जय यादव, प्रदेश सभा सदस्य कौशलकिशोर राय, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, मधेश प्रदेशका प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख (डीआइजी) दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेशका प्रमुख (अनुसन्धान निर्देशक) सन्जयकुमार यादवसहितको उपस्थितिमा भएको छलफलबाट सहमति भएको हो । युवकको मृत्युको घटनालाई लिएर आइतबार पनि दिनभर नै बरहथवा बजार तनावग्रस्त रह्यो ।

प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आइतबार मध्यान्ह १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले अवस्था सामान्य बनेसँगै कर्फ्यु आदेश पनि हटाइने जानकारी दिनुभयो ।

प्रजिअ धमलाका अनुसार गृह मन्त्रालयले गठन गरेको छानबिन टोली काठमाडौँबाट हिँडिसकेको छ र सोमबारबाट घटनाको छानबिन सुरु हुनेछ । शनिबार मात्रै सरकारले गएको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विवादमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको मृत्युको सम्बन्धमा छानबिन गर्न गृहमन्त्रालयका सहसचिव तथा सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ भने मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।

सोमबार, पुष २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.