कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया टुङ्ग्याउने दलहरूले तयारी गरेका छन् । सत्ता गठबन्धनका एक नेताका अनुसार मंगलबार दिनभर लगाएर भए पनि सभामुख चयन प्रक्रिया टुङ्ग्याउन लागिएको हो ।
यस विषयमा यसअघि एमालेको पनि सहमति थियो । सत्ता गठबन्धन काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा यसअघि नै राप्रपालाई सभामुख दिन तयार भएका छन् । राप्रपाले सभामुख लिने विषयमा पनि निर्णय भइसकेको छ । ‘भोलि (मंगलबार) प्रदेशसभाले सभामुख पाउँछ,’ गठबन्धन दलका एक नेताले भने, ‘रातिसम्म लगाएर भए पनि भोलि नै निर्वाचन प्रक्रिया घोषणा हुन्छ र भोली नै सक्ने गरी कार्यक्रम तालिका आउँछ ।’
प्रदेशसभा गत साउन १६ गतेदेखि सभामुखविहीन छ । २०७९ पुस २८ गते निर्विरोध निर्वाचित सभामुख बाबुराम गौतमले गठबन्धन दलका शीर्ष नेताको आग्रहमा राजीनामा दिएका थिए । उनलाई गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई बहुमत पुर्याउन राजीनामा दिन बाध्य पारिएको थियो । त्यसयता कोशी प्रदेशसभामा सभामुखको निर्वाचन प्रक्रिया सुरु भएको छैन ।
संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखको चयन प्रक्रियाबारे उल्लेख छ । सोही धाराको उपधारा ९१० मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।
यस्तै उपधारा ९३० मा प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद पूर्ति गर्ने उल्लेख छ । सत्तारुढ गठबन्धन दलले भने यसअघि नै सभामुख राप्रपालाई दिने निर्णय गरिसकेको छ । कोशी प्रदेशसभामा एमालेको ९उपसभामुखसहित० ४०, काँग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।
सभामुख चयन प्रक्रिया सकेर मात्रै संसदीय समितिको सभापति चयन हुने र प्रदेश सरकारमा मन्त्रीहरू थप गर्ने मुख्यमन्त्री केदार कार्कीको चाहना छ । तर, मुख्यमन्त्री कार्कीको एमालेसँग मनमुटाब बढ्दै गएको कारण सभामुख चयनको प्रक्रिया नै पछि धकेलिइरहेको छ भने अहिले पनि प्रदेशका ५ मन्त्रालय मन्त्रीविहीन छन् ।


