• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

माओवादीको निष्कर्ष : पार्टी विघटनको यात्रा रोकियो

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

सत्तारुढ माओवादी केन्द्रले तीन महिने अभियानले विघटनको यात्रालाई रोकेर पार्टी बनाउने आधार दिएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रले भदौ १६ देखि मंसिर १६ सम्म तीन महिना जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाएको थियो । शनिबार बसेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । अभियानका क्रममा वडा तथा टोलसम्म समिति बनेको र पार्टी गतिशील भएको ब्रिफिङ गरेका छन् ।

नेताहरुका अनुसार पछिल्लो समय माओवादीमा संगठित भन्दा पनि समर्थक र शुभेच्छुकलाई पनि सदस्य बनाउने, कतिपयको हकमा त अरुले नै शुल्क तिरेर सदस्य बनाइदिने प्रवृत्ति देखिएको थियो । तर यो पटक अभियानका क्रममा संगठित र साधारण सदस्य अलग गरिएको भन्दै एक नेताले भने, ‘लेबी तिरेर कमिटीमा बस्ने संगठित सदस्यहरु ५०, ६० प्रतिशत नवीकरण भएको छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानले पार्टी विघटनतर्फको यात्रा रोकिएको विश्लेषण गर्नु भउको छ । ‘यो अभियानले विघटनको यात्रालाई रोकेर पार्टी बनाउने आधार दिएको छ’, प्रचण्डले बैठकमा भन्नुभयो, ‘कार्यकर्ता पंक्तिमा रहेको निराशा थोरै भए पनि कम भएको छ । पार्टी जीवित छ भन्ने आएको छ ।’

बैठकपछि उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि अभियान विगतको भन्दा प्रभावकारी भएको र यसले पार्टीमा गतिशीलता ल्याएको निष्कर्षमा पुगेको बताउनु भयो । अभियानले पार्टी निर्माणका लागि विश्वासको वातावरण बनाउने आधार दिएको भन्दै उहाँले, ‘यो पार्टी संरक्षणका लागि कोशेढुंगा बन्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

विधान सम्मेलन गरेर पार्टी कमिटीहरुलाई छरितो बनाउने र नेतृत्व छनोट विधिलाई लोकतान्त्रिक बनाउने हो भने पार्टी बनाउन सकिने नेताहरुको निष्कर्ष छ । माओवादी बैठकले आगामी फागुन १–३ सम्म विधान अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा रहेको पदाधिकारीहरु सम्मिलित मस्यौदा समितिले बनाएको विधानको मस्यौदा सुझावका लागि तल्लो कमिटीमा पठाइनेछ ।

मस्यौदा समितिका एक सदस्यका अनुसार कमिटीहरुको आकार सानो बनाउनुका साथै प्रदेश, जिल्ला, पालिका र वडाका कमिटीलाई अधिकार सम्पन्न बनाइएको छ । विभागहरुको संख्या घटाइएको छ । तल्लो कमिटीहरुबाट आएको सुझावका आधारमा २६ माघमा बस्ने स्थायी कमिटी बैठकमा विधानमाथि थप छलफल हुनेछ र, विधान अधिवेशनमा पेश हुनेछ । फागुनको विधान अधिवेशनमा १३०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । शनिबारकै बैठकले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको मापदण्ड बनाएको छ ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.