संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालाले अब पर्यटनको आफ्नै सुत्र बनाउने बताउँदै त्यो चाँडै सार्वजनिक हुने बताउनु भएको छ ।
कर्पोरेट नेपालसँगको कुराकानीमा उहाँले नेपालको आफ्नै पर्यटन सुत्र बनाउनुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले अब १० वर्षमा बार्षिक ३५ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य रहेको बताउँदै, ‘नेपाल भ्रमण दशक भनेर सरकारले ल्याएको बताउनु भयो । त्यसलाई चाहिँ प्रभावकारी कार्यक्रम बनाएर अगाडी सार्नेगरी तयारी गर्दैछौं ।’ सन् २०२३ मै भ्रमण दशकको शुभारम्भ गरिनुपर्नेमा अहिलेसम्म भएको छैन्, उहाँले भन्नुभयो।
मन्त्री किरातीले भन्नुभयो, ‘हामीले टुरिजम क्षेत्रको सुत्र बनाउनुपर्ने छ । नेपालको कुन सुत्रमार्फत नेपालको पर्यटनको विकास गर्न सकिन्छ रु त्यसलाई मध्यनजर गर्दै पर्यटनको आफ्नै सुत्र बनाइ त्यो चाँडै हामी सार्वजनिक गछौं । नेपालमा पर्यटन–पर्यटन भन्ने गरिन्छ । तर, कुनलाई प्राथमिकता दिने रु कुनलाई नदिने रु भन्ने टुगो छैन् । त्यस कारणले पहिला त्यसको नीति तयार गरी कार्यक्रमहरु सार्वजनिक गछौं ।’
सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेकोमा उहाँले गर्व गर्नु भयो । नेपालमा पर्यटकको संख्या वृद्धि हुनुमा यहाँस्थित विदेशी कूटनीतिक नियोगहरूको समेत महत्वपूर्ण योगदान र भूमिका रहेको किरातीले बताउनु भयो । गैरआवासीय नेपालीहरुको संख्यालाई समेत जोडेर १० लाखभन्दा बढी भएको भन्दै कतिपय पर्यटन व्यवसायीले अरु देशले करोडौं पर्यटन भित्राउन सफल भइरहेको बेला नेपाल १० लाखमा रमाउन नहुने तर्क गर्छन् ।


