• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

संसदमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई काँग्रेसको निर्देशन

  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित

काठमाडौं ,माघ १९
नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले संसद् तथा संसदीय समितिका बैठकहरूमा नियमित रुपमा उपस्थित भई प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकले संसद् तथा संसदीय समितिका बैठकहरूमा सांसदहरूको न्यून उपस्थिति रहने र गणपुरक सङ्ख्या समेत नपुग्दा बैठकहरू प्रभावित हुने विगतको अनुभवका आधारमा पार्टीका सबै सांसदहरूलाई नियमित रुपमा बैठकमा उपस्थित हुन निर्देशन दिएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकले सदन चलिरहेको अवस्थामा सांसदहरूलाई काठमाडौँ उपत्यका नछाड्न र अत्यावश्यक कामका लागि उपत्यका छाड्नुपर्ने भएमा प्रमुख सचेतकको लिखित अनुमति लिएर मात्रै छाड्न समेत निर्देशन दिएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

नेपाली काँग्रेस संसदीय दलको बैठकले संसदीय समितिका बैठकहरूमा विभागीय मन्त्रीहरू अनिवार्य उपस्थित हुने व्यवस्था मिलाउन र विधेयकहरू चाँडोभन्दा चाँडो संसद्मा पेस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले संसदमा विचाराधीन विधेयकहरू यसै अधिवेशनमा पारित गर्ने गरी छलफललाई अगाडि बढाउन सरकार तथा सबै राजनीतिक दलहरूलाई आग्रह गर्ने निर्णय भएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।यस्तै आजको बैठकले प्रतिनिधिसभाको विभिन्न १० वटा विषयगत समितिको संयोजक पनि तोकेको छ ।

प्रमुख सचेतक लेखकले दिनुभएको जानकारी अनुसार नेपाली काँग्रेसले अर्थ समिति संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला शर्मा पौडेल, कानून न्याय तथा मानव अधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिलामा आशा विकलाई संयोजक तोकेको छ ।

यस्तै राज्य व्यवस्था सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।संघीय संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते सोमबारदेखि सुरु हुँदै छ ।

शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.