• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित

उदयपुर ,माघ २१। देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गर्नुभएको उद्योग प्रशासनले जनाएको छ ।

दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुगमन गर्नुभएपछि उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् ।

उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त उद्योग जीर्ण भएर बन्द हुन लागेको अवस्थामा प्रधानमन्त्रीले अवलोकन गर्नुभएपछि उद्योग पहिलाको क्षमताशील अवस्थामा फर्कने अपेक्षा स्थानीयले गरेका हुन् ।

उद्योगको अनुगमनपछि प्रधानमन्त्री दाहालले देशकै ठूलो सिमेन्ट उद्योगको संरक्षण तथा यसको सुधारका लागि सरकारले योजना बनाइरहेको भन्दै चाँडै योजना जारी गरेर नयाँ कार्यविधिबाट सञ्चालन गरिने बताउनुभएको उद्योगका महाप्रबन्धक खगेन्द्र बस्नेतले जानकारी दिनुभयो । उद्योगलाई सञ्चालन गर्न नयाँ योजना बनाइरहेको भन्दै यसलाई थप सबल बनाएर लान सरकार प्रतिबद्धता रहेको प्रधानमन्त्री दाहालले जनाउनुभएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले उदयपुर सिमेन्ट उद्योगको संरक्षण गरी थप रोजगारीका अवसर सृजना गर्नुपर्ने भन्दै यसको सुधारका लागि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

उद्योग सुधारप्रति प्रधानमन्त्रीको सकारात्मक धारणाप्रति नेकपा एमाले प्रदेश सदस्य राजकुमार राईले भन्नुभयो, “दिनानुदिन जीर्ण बन्दै गइरहेको उद्योगलाई सुधार गर्न प्रधानमन्त्रीको प्रतिबद्धता आएकाले अब पहिलाको अवस्थामा आउनसक्ने सम्भावना बढेर गएको छ । यहाँका जनतामा आश जागेको छ ।”

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत तथा कांग्रेस उदयपुर पार्टी सभापति हिमाल कार्कीले भन्नुभयो, “प्रधानमन्त्रीले उद्योग सुधारमा प्रतिबद्धता जनाउनुका साथै नयाँ योजनाअनुसार अघि बढ्ने बताउनुभएको थियो ।”

जिल्लास्थित नेकपा एमालेका अध्यक्ष परमेश्वर घिमिरे, माओवादी केन्द्रका सचिव किरण राई, स्वतन्त्र बुद्धिजीवी तथा त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका पूर्व क्याम्पस प्रमुख रमेश रोका लगायतले प्रधानमन्त्री दाहालले दिनुभएको प्रतिबद्धतापछि स्थानीयमा उद्योगले पुनः जीवन पाउने आश जगाएको बताउनुभयो ।

विसं २०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको देशको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले विसं २०४७ देखि नियमित उत्पादन गर्न सुरु गरेको थियो ।

विसं २०५० देखि २०६७ सम्म उद्योगले दैनिक आठ सय मेट्रिक टन अर्थात् १६ हजार बोरा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको थियो । विसं २०६७ देखि २०७४ सम्म उत्पादन क्षमता वृद्धि गरेर नौ सय मेट्रिक टन अर्थात् अठार हजार बोरा सिमेन्ट उत्पादन गर्दै आए पनि हिजोआज उद्योग जीर्ण हुँदै गएपछि महिनामा एक हप्ता राम्ररी सञ्चालन हुन सकिरहेको छैन ।

झन्डै पाँच सय श्रमिक र कर्मचारीले रोजगारी पाइरहेको उद्योगले दैनिक २० लाखदेखि २५ लाखको सिमेन्ट उत्पादन गरेर आम्दानी गर्दै आएको प्रशासन बताउँछ । एक वर्षयतादेखि उद्योग सञ्चालनमा समस्या भइरहेको, अधिकांश मेसिनरी सामान जीर्ण अवस्थामा रहेका, व्यवस्थापन लगायत काममा समस्या आइरहेको उद्योगका कर्मचारी तथा मजदुर बताउँछन् ।

आइतबार, माघ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.