एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र क्यानडा अन्तिम खेल आज खेल्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ः १५ बजे नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल आज हुनेछ।
आजको खेल जिते नेपालले सिरिज क्लिनस्विप गर्नेछ। सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलेको हो।
एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलिरहेको छ।
रोहित पौडलको कप्तानीका उत्रिने नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह छन्।
साद बिन जफलरको कप्तानीमा रहेको क्यानडामा एरोन जोनसन, डिलन हेलिगर, दिलप्रित बजवा, हर्श थाकर, कलिम साना, नवनीत धलिवाल, निकोलश किर्टन, निखिल दत्त, पर्गत सिंह, शाहिद अहमदजइ, श्रीयस मोव्वा, श्रीमन्थ वीजेरत्ने, इशरजोत सोही र उदेय भगवान छन्।


