• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

सार्वजनिक जग्गाको अभिलेख राख्न थालियो

  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित

सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सङ्घीय सरकारसँग नभइरहेका बेला उपत्यकाका स्थानीय तहले भने धमाधम सार्वजनिक जग्गा संरक्षण गर्न थालेका छन् । स्थानीय तहको क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा उपत्यकाका स्थानीय तहले खोजी खोजी संरक्षण गर्दै अभिलेख राख्न थालेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहभित्र भएको सम्पत्तिको संरक्षण व्यवस्थापन, रेखदेख र मर्मत सम्भार गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकेकाले स्थानीय तहले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।

रेसुंगा पार्क सञ्चालनमा आएन | अन्नपूर्ण पोस्ट्

गत माघ २९ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख मन्त्रालयमा पठाउन र बिहीबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गाको विवरण सङ्कलन गर्न परिपत्र गरेको थियो ।

उपत्यकाका स्थानीय तहले सार्वजनिक जग्गा संरक्षण गरी उक्त क्षेत्रमा आकर्षक पार्क, सामुदायिक भवन, प्रहरी चौकी, खेलमैदानलगायतका भौतिक संरचना निर्माण गरेका छन् भने कतिपय स्थानीय तहले सार्वजनिक जग्गाको खोजी गरी तारबार लगाउने कार्य गरेका छन् ।

ललितपुर महानगरपालिका प्रमुख एवं काठमाडौँ उपत्यका नगरपालिका फोरमका समेत अध्यक्ष रहनुभएका चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकासहित उपत्यकाका स्थानीय तहले धमाधम सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाएको बताउनुभयो । उहाँले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनदेखि अहिलेसम्म महानगरपालिकाले करिब ५० रोपनी सार्वजनिक जमिन खोजी गरी संरक्षण गर्ने कार्य गरेको भन्दै बाँकी अन्य स्थानमा पनि सार्वजनिक जमिन संरक्षण गर्ने काम तीव्र रूपमा अगाडि बढेको बताउनुभयो ।

महानगर जस्तै उपत्यकामा अन्य नगरपालिकाले पनि सार्वजनिक जमिन संरक्षण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार प्रदान गरेकाले स्थानीय तहले सार्वजनिक जमिन संरक्षण गर्ने कार्यलाई उपत्यकाका सबै पालिकाले तीव्रता दिएका हुन् ।”

सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यविधि निर्माण गरी स्थानीय तहले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएका हुन् । उहाँका अनुसार उपत्यकाभित्रका १८ वटा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गरी उक्त जग्गामा ज्येष्ठ नागरिक, बालबालिकामैत्री पार्क, वनभोज स्थल, सामुदायिक भवनलगायतका संरचना निर्माण गरेका छन् ।

रुपन्देहीको एक दाहसंस्कार गर्ने ठाउँमा बन्यो सुन्दर पार्क ! | Global Aawaj  | News portal of Lumbini

काठमाडौँका कीर्तिपुर, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, शङ्खरापुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाभित्र सार्वजनिक जग्गा संरक्षण गरी कम्तीमा एक वडा एक पार्क निर्माण गरेका छन् । भक्तपुर नगरपालिका, सूर्यविनायक, मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाले पनि सार्वजनिक जमिनको खोजी गरी उक्त स्थानमा पार्क, खेलमैदान र सामुदायिक भवन निर्माण गरेका छन् । ललितपुरको महालक्ष्मी र गोदावरी नगरपालिकाले पनि सार्वजनिक जमिन संरक्षण गर्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाएको फोरमका अध्यक्ष महर्जनले बताउनुभयो ।

नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरपालिकाले सार्वजनिक जग्गा खोजी गरी संरक्षण गर्न सबै वडाध्यक्षसहितको समिति निर्माण गरी अहिले सार्वजनिक जमिन खोजी गर्ने काम भइरहेको बताउनुभयो । नगरपालिकाभित्र भएका सार्वजनिक जग्गा खोजी गर्न वडास्तरमा सबै राजनीतिक दलको नेतृत्वमा समिति बनाइएको भन्दै उहाँले भन्नुभयो, “सार्वजनिक जग्गाको खोजी गर्ने कार्य भइरहेकाले केही दिनभित्रमा नगरपालिकाभित्रका सार्वजनिक जग्गाको अभिलेख तयार हुन्छ ।”

महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिकाले वडा नं. १ देखि १० वटै वडासम्म नै नापी कार्यालयबाट लगत तयार गरी सार्वजनिक जग्गा भएका स्थानमा जग्गाको कित्ता नम्बर नै उल्लेख गरी साइनबोर्ड राख्ने काम गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा कहाँ कहाँ छन् भनेर सर्वसाधारणलाई सजिलै चिन्न सकिने गरी साइबोर्ड राख्न थालिएको छ । यस अवधिमा करिब एक सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गरिएको छ ।”

पर्यटन प्रवद्र्धन गर्न हरित पार्क निर्माण – BikashNews

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिका क्षेत्रमा करिब सात वर्षको अवधिमा डेढ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरी उक्त स्थानमा खेलमैदान, पार्क, सामुदायिक भवन, विद्यालय, मन्दिर र प्रहरी चौकी निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन ऐनको अधिकार क्षेत्रभित्र रहेर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै आएको हो, अहिले पनि सार्वजनिक जग्गाको खोजी गर्ने कार्य जारी रहेको छ ।”

टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले प्रत्येक वडामा सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गर्न कार्य जारी रहेको भन्दै भन्नुभयो, “सार्वजनिक जग्गा सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व हो ।”


पठाएनन् विवरण 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भएका सार्वजनिक जग्गाको अभिलेख सात दिनभित्र उपलब्ध गराउन परिपत्र गरे पनि १० दिन बितिसक्दा पनि केही स्थानीय तहबाहेक अधिकांश स्थानीय तहले विवरण पठाएका छैनन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म ४७ वटा पालिकाले मात्र विवरण मन्त्रालयमा पठाएका छन् भने अन्य पालिकाले सार्वजनिक जग्गाको अभिलेख मन्त्रालयमा बुझाएका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिका वा नगरपालिकाको अधिकार क्षेत्रमा सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षासम्बन्धी व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार स्थानीय तहभित्र भएको सार्वजनिक जग्गाको विवरण मन्त्रालयले स्थानीय तहसँग माग थियो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले अहिलेसम्म केही स्थानीय तहबाहेक अन्य स्थानीय तहले विवरण मन्त्रालयमा नपठाएको बताउनुभयो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्यालयले देशभर कहाँ, कति सार्वजनिक जग्गा छन् भन्ने यकिन तथ्याङ्क विभागसँग नभएको बताउनुभयो । करिब ४० वर्षअघिदेखि जग्गाको नापी गर्ने कार्य नभएकाले विभागसँग सार्वजनिक जग्गाको यकिन विवरण नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले केही मालपोत कार्यालयले भने सार्वजनिक जग्गाको नापी गरे पनि सबै मालपोत कार्यालयले जग्गाको नापी नगरेको बताउनुभयो ।

शनिबार, फागुन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.