एजेन्सी ,२३ चैत्र । पाकिस्तानको सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेको छ । पाँच सदस्यीय इजलासले प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपतिले गरेको राष्ट्रियसभा विघटन ‘गैर कानुनी’ भएको ठहर गरेको हो ।
अदालतले राष्ट्रियसभाका उपसभामुख कासिम खान सुरीको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने ३ अप्रिलको आदेश असंवैधानिक रहेको ठहर गरेको छ ।
अब ९ अप्रिलमा विपक्षी दलहरूले ल्याएको अविश्वासको प्रस्तावमा संसद्मा मतदान हुने छ । अविश्वासको प्रस्ताव पारित भएमा निर्वाचनको मिति घोषणा गर्नुपर्ने अदालतको फैसलामा उल्लेख छ ।प्रधानमन्त्री खानले अदालतको निर्णय स्वीकार गर्ने बताएका छन् । सत्तारूढ दलका नेताहरूले अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया



