काठमाडौं ,फागुन २९
हङकङमा भैरहेको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपाली टोलीले आज आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । ओपनर कुशल भुर्तेलको ५९ रनको इनिङ्समा सन्दीप जोराले २६ बलमा ५६ रनको बिस्फोटक इनिङ्स खेले ।
लोकेश बलले ६ बलमा १४ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रनको शानदार इनिङ्स खेले । बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । गुलसन झा १५ बलमा नटआउट रहे । पीएनजीका नार्मन बनुआ, नोसेना पोकाना र जान कारिकोले समान एक एक विकेट लिए ।
तपाईको प्रतिक्रिया


