प्रतिपक्षी सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री वर्षामान पुनले आव २०८० ८१ को आर्थिक सर्भेक्षण संसदमा पेश गरेका छन् । आजको कार्यसूचीमा हेरफेर गर्दै सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई समय दिनुभएको थियो ।
बैठकको सुरुका प्रतिपक्षको तर्फबाट राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्नु भएको थियो । उहाँले गृहमन्त्रीविरुद्ध छानबिन गर्नैपर्नेमा जोड दिनुभएको छ । शाहीले बोल्दा शान्त रहेका पतिपक्षी सांसद अर्थमन्त्रीलाई समय दिनासाथ रोष्टम घेर्दे अवरोध सृजना गरेका छन् ।
अर्थमन्त्री पुनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्भेक्षण पेश गरेका हुन् । सर्भेक्षणमा उहाँले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन् । उहाँले समग्र आर्थिक अवस्था सुधार भइरहेको दाबी गरेका छन् ।


