• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

पाठेघर खस्नेको निःशुल्क उपचार

  •   शनिबार, असार ०२, २०८१ मा प्रकाशित

ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा ‘लगान लागेको, वनको लागेको’ भनेर आफ्नो जटिल रोग लुकाएरै बस्न बाध्य छन् । त्यसमाथि आफ्नो गोप्य अङ्गमा रोगबारे खुलेर आफन्तलाई भन्ने आँटसमेत गर्दैनन् ।

तर सिन्धुपाल्चोक पिस्करकी ६७ वर्षीय नेप्टी थामीलाई अहिले थाहा भयो, पाठेघर खस्ने रोगको न्यूनतम खर्चमै सहज शल्यक्रिया गरेपछि निको हुने रहेछ । उहाँ वर्षौंअघिदेखि पाठेघर खस्ने (आङ खस्ने) समस्याले पिरोलेको थियो । धेरैबेर उभिँदा र थोरै गह्रौँ भारी बोक्नासाथ पाठेघर खसिहाल्थ्यो । उहाँले अर्थिक अभावका कारण आङ खस्ने रोगको उपचार गर्न सक्नुभएको थिएन । उहाँले रोग पहिचान गर्न पनि सक्नुभएको थिएन ।

तर सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाले ‘आमा बचाऔँ’ अभियान सञ्चालन गरेर पालिकाका आमाहरूका लागि वरदान साबित हुने गरी पाठेघर खस्ने रोगको निदान गर्न थालेपछि उहाँलाई वर्षौंदेखि बोकेको भारी बिसाए जस्तो महसुस भएको छ । उहाँलाई अब गाउँ गएर सबै काम सजिलै गर्न सक्ने भएकी छु भन्ने महसुस भएको छ । उहाँले भन्नुभयो, “दस वर्षदेखि आङ खस्ने समस्या थियो । पालिकाले काठमाडौँसम्म ल्याएर उपचार भएपछि रोग निको भयो ।” त्रिपुरासुन्दरी चौथलीकी ५६ वर्षीया मैया श्रेष्ठको पाठेघर खस्ने समस्या ४५ वर्षदेखि थियो । उहाँले भन्नुभयो, “उपचार गर्न पैसा थिएन । काठमाडौँसम्म ल्याइदिने मानिस थिएनन् । उपचार गर्दा निको हुने रहेछ । गाउँपालिकाले निःशुल्क उपचार गराइदियो । मलाई नयाँ जीवन पाए जस्तै भएको छ ।”

उपचारमा पालिकाको पहल

सरकारी तथ्याङ्क अनुसार बर्सेनि ३० हजारभन्दा धेरै महिलाको पाठेघर खस्ने रोगको शल्यक्रिया हुँदै आएको छ । आङ खस्ने समस्या भएका महिलाको सङ्ख्या सहरभन्दा गाउँमा धेरै छ । गत वर्ष प्रसूतिगृहमा पाँच सय जनाको आङ खस्ने योजना अनुसार शल्यक्रिया गरिएको थियो ।

यसैबिच त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकाका आर्थिक अवस्था ज्यादै नाजुक भएका महिलाका लागि काठमाडौँ ल्याएर पाठेघर झर्ने रोगको शल्यक्रिया आरम्भ गरेको छ । पालिकाले २४ जना महिलालाई भक्तपुर अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया गरेको छ । २४ जनामध्ये १७ जना महिलाको आङ खस्ने रोगको निःशुल्क शल्यक्रिया गरेको हो ।   अन्य सात जना महिलाको विभिन्न रोगका कारण पाठेघर खस्ने रोगको शल्यक्रिया हुन सकेन ।

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले पालिकाले आर्थिक अभावका कारण उपचार गर्न नसकेर वर्षौंदेखि रोग लुकाएर बसेका महिलाको पाठेघर झर्ने रोगको उपचार गराइएको बताउनुभयो । उहाँले गाउँपालिकाले गत वर्ष पनि पालिकाबाट २१ जनालाई थापाथलीस्थित प्रसूतिगृहमा ल्याएर आङ खस्ने रोगको शल्यक्रिया गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकाले ‘आमा बचाऔँ’ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत आङ खस्ने समस्या भएका महिलाको शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्चसहित सिन्धुपाल्चोकदेखि काठमाडौँ लाने, बस्ने, खाने र ल्याउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले गाउँका महिलाले आफ्नो रोगबारे खुलेर भन्न नसक्दा अकालमा ज्यान गुमाउनुपरेको अवस्थालाई दृष्टिगत गरी अभियान सञ्चालन गरेको बताउनुभयो ।

गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्ने गरिन्छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहका अनुसार शल्यक्रिया गर्नुअघि वडास्तरीय स्वास्थ्य सेवा केन्द्रमार्फत स्त्री रोगसम्बन्धी छनोट र उपचार शिविर सम्पन्न गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य शिविरमा पाँच सय जना आमाको सहभागिता रहेको जानकारी दिँदै तीमध्ये २४ जनाको पाठेघर झर्ने समस्याबाट पीडित रहेकाले शल्यक्रिया गर्नुपरेको बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी नेपालले पालिकाका महिलाहरूले आमा बचाउ अभियान अन्तर्गत ठुलो राहत पाएको बताउनुभयो ।

शनिबार, असार ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.