वैशाख ७ , काठमाडौं । नेपाली फिल्म क्षेत्रकि नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । व्यवसायी रोहित तिवारीसँग उनले आज एउटा सानो जमघटमा लगनगाँठो कसेकी हुन् ।आज उनीहरूको विवाहबारे केकी निकटका कलाकारहरूलाई पनि पत्तो थिएन ।
लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै उनले रोहित तिवारी सँग लगन गाँठो कसेकी हुन् l पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।
केकी र रोहित केही समयदेखि प्रेममा थिए । तर, आफूहरूबिचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् । केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । केकीका सीमित साथीहरूलाई उनीहरूको सम्बन्धबारे थाहा थियो । विवाहमा परिवारका सदस्य र केही साथीहरू उपस्थित थिए ।
तपाईको प्रतिक्रिया


