काठमाडौं,असार २२
पोर्चुगललाई हराउदै फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ ।जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो । जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ ।
तपाईको प्रतिक्रिया


