नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब एमिरेट्स (युएई) सँगको खेलमा ऐतिहासिक विजय हासिल गरेका नेपाली महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ।
उहाँले महिला क्रिकेट टोलीलाई जीतका अवसरमा बधाई ज्ञापन गर्दै निरन्तर प्रगतिको शुभकामनासमेत दव्यक्त गर्नुभएको हो ।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले, “क्रिकेटमा एकपछि अर्को सफलता हासिल गरिरहेको नेपाली टोलीलाई थप सफलता दिलाउन हामी सबैले सहयोग र प्रेरणा प्रदान गरौँ भन्नु भएको छ ।
हिजोको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो।
युएईले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले १६।१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो।
तपाईको प्रतिक्रिया


