वैशाख १२ ,एजेन्सी।फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रों निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोंले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् ।
म्याक्रोंले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् । चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् ।
म्याक्रोंको जीतमा युरोपेली देशका शीर्ष नेताले उनलाई सोसल मिडियामा बधाई सन्देश दिएका छन् । फ्रान्सका राष्ट्रपति चुनावमा यसपटक ७२ प्रतिशत मात्रै मतदान भयो जुन सन् १९६९ पछिको सबैभन्दा कम हो ।
तपाईको प्रतिक्रिया


