वैशाख १५ ,काठमाडौं ।फिल्म निर्माता छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको बुधबार बिहान निधन भएको हो ।
धरानस्थित नीजि निवासमा आमाको निधन भएको छविराज ओझाले बताए । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माता भनेर चिनिएका छविराज आमासँग निकै नजिक थिए । काठमाडौंमा बसोबास गर्ने भए पनि उनी आमासँग भेट बेलाबेला घरमा जान्थे । कुनै नयाँ कामको थालनी गर्दा उनले सबैभन्दा पहिला आमाको आर्शिवाद लिने गर्दथे ।उनी अहिले नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् ।
तपाईको प्रतिक्रिया


