• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

फेरियो मूल्यवृद्धि मापनको सूची

  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित

नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरेको छ ।

केन्द्रीय बैङ्कले यसअघि आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मान्दै आएकामा यस वर्षदेखि २०८०/८१ लाई आधार मान्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्र बैङ्कले योसँगै मूल्य सूचक वस्तुहरूको सूची पनि परिमार्जन गरेको छ । यसअघि ४९६ वस्तुको मूल्यका आधारमा सूचकाङ्क तयार गर्ने गरेमा सो सूचीमा रहेका असान्दर्भिक १०६ वटा हटाई प्रचलित १३५ वटा वस्तु थप गरेर ५२५ पुर्‍याएको राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । “राष्ट्र बैङ्कले मूल्य सूचकाङ्कलाई समयसापेक्ष र वास्तविक प्रतिनिधित्व गराउने गरी आधार वर्ष र वस्तु सूची संशोधन गरेको छ,” उहाँले भन्नुभयो, “यस वर्षदेखि सार्वजनिक हुने मूल्य सूचकाङ्क विवरणमा ७७ जिल्ला नै समेटिने छ भने प्रदेशस्तरीय सूचक पनि सार्वजनिक गर्न थालिने छ ।”

राष्ट्र बैङ्कले यसअघि मुद्रास्फीति निर्धारण गर्दा आफैँले घरपरिवार बजेट सर्वेक्षण गर्ने गरेकामा अब केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण र आधार मूल्यको तथ्याङ्कलाई मान्ने भएको छ ।

आधार वर्ष परिवर्तनसँगै वस्तु समूहको भार पनि संशोधन भएको छ । यसअघि खाद्य तथा पेय पदार्थको भार ४३.९१ प्रतिशत रहेकामा अहिले ४५.७९ पुगेको छ भने गैरखाद्य तथा सेवाको हिस्सा ५६.०९ बाट ५४.२१ प्रतिशतमा झारिएको छ ।

योसँगै राष्ट्र बैङ्कले शोधनान्तर स्थितिको तथ्याङ्क सङ्कलन तथा प्रस्तुतीकरणको विधि पनि परिमार्जन गरेको जनाएको छ । यसअघि बिपिएम–५ का आधारमा शोधनान्तरको स्थिति विवरण सार्वजनिक हुँदै आएकामा विपिएम–६ कार्यान्वयन थालिएको छ ।

गभर्नर अधिकारीले विश्व प्रचलित र सहज अभ्यास अनुसरण गर्ने क्रममा यस्तो परिमार्जन गरिएको जानकारी दिनुभयो ।

बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.