• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

एनपिएलमा बाह्र क्रिकेटरलाई अधिकतम रकम

  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज २१
विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता उत्कर्षमा छ । भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियामा बिग बैस, वेस्ट इन्डिजमा क्यारेबियन लिग, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा प्रिमियर लिग फ्रेन्चाई क्रिकेट लिगका केही उदाहरण हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि यसपालि सोही प्रकृतिको फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना गर्दै छ ।

फ्रेन्चाई क्रिकेट लिगको एउटा प्रमुख विशेषता क्रिकेटर बोलकबोल (अक्सन) बाट आआफ्नो टिममा भित्र्याउने पनि हो । सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले आइतबार खेलाडी अक्सनबाट खेलाडीहरूलाई आआफ्नो टिममा भित्र्याएका छन् । अब नेपालमा क्रिकेट पूर्णरूपमा व्यावसायिकीकरण हुँदै छ भन्ने एनपिएलको खेलाडी किनबेच (अक्सन) ले सङ्केत गरेको छ ।

लुम्बिनी लायन्सले तीन क्रिकेटरलाई अधिकतम रकममा आफ्नो टिममा आबद्ध गरेको छ । लुम्बिनीले स्पिनर सूर्य तामाङ, अलराउन्डरद्वय विवेक यादव र सन्दीप जोराका लागि अधिकतम १५ लाख रुपियाँ खर्च ग¥यो । यसै गरी अलराउन्डर गुलसन झा, आरिफ सेख, स्पिनर ललित राजवंशी, साहब आलम, सागर ढकाल, शीर्ष क्रमका ब्याट्सम्यान अनिल शाह, भीम सार्की, लोकेश बम र बलिङ अलराउन्डर प्रितिस जिसी पनि १५ लाख रुपियाँमा बिक्री हुनुभयो ।

लुम्बिनी किङ्सले सूर्य, विवेक र जोरालाई टिममा ल्याउन अधिकतम रकम खर्च गरेको हो । सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किङ्सले लोकश र प्रतिशलाई सबभन्दा धेरै मूल्य खर्चेर आफ्नो टिममा ल्यायो । गुलसन अधिकतम रकममा कर्णालीमा पुग्नुभयो । साहब आलम र भीम सार्कीलाई काठमाडौँले विश्वास ग¥यो । ललित र अनिलले जनकपुरबाट अधिकतम रकम पाउनुभयो । पोखरा एभेन्जर्सले सागर र सुदूरपश्चिम रोयल्सले आरिफका लागि ठुलो रकम खर्च गरे । नेपाली राष्ट्रिय टिमका प्रारम्भिक ब्याट्सम्यान अनिललाई खरिद गर्न सबै आठ टिमले अधिकतम रकमको बोली लगाएका थिए । अन्ततः लक्की ड्रमार्फत अनिललाई टिममा ल्याउनमा जनकपुर भाग्यशाली साबित भएको हो । गुलसन र लोकेशका लागि पनि सात टिमले अधिकतम बोली लगाएका थिए । गोलाप्रथामार्फत लोकेश विराटनगर र गुलसन कर्णालीमा पुग्नुभयो । जनकपुरले लोकेश र लुम्बिनीले गुलसनमा बोली लगाएका थिएनन् । यसै गरी भीम, विवेक, सागर, साहब र ललितलाई पनि गोलाप्रथामार्फत नै अधिकतम रकममा बिक्री हुनुभएको हो । पहिलो चरणमा विनोद भण्डारी, रसिद खान, कमलसिंह ऐरी, शरद भेषवाकर, अर्जुन साउद जस्ता खेलाडी बिक्री नहुनु आश्चर्यका रूपमा रह्यो । यद्यपि यी सबै खेलाडी दोस्रो चरणमा बिक्री भए । अक्सनबाट प्रत्येक टिमले दस खेलाडी खरिद गरेका हुन् । खेलाडी खरिदमा लुम्बिनीले सर्वाधिक ८४ लाख र चितवनले सबभन्दा कम ६३ लाख रुपियाँ खर्च गरे । सबै टिमलाई अधिकतम ९० लाख रुपियाँ खर्च गर्ने अधिकार दिइएको थियो ।

क्यानले दर्ताका भएका ४२६ बाट १४२ क्रिकेटरलाई अक्सनका लागि चयन गरेको हो । जसमध्ये ८० खेलाडी विभिन्न टिममा आबद्ध भएका हुन् र अक्सनमा ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी रहेका छन् । ग्रेड ‘ए’ मा रहेका व्रिmकेटरलाई न्यूनतम दसदेखि अधिकतम १५ लाख रुपियाँ मूल्य तोकिएको थियो । यसै गरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम दस लाख तथा ‘सी’ ग्रेडका क्रिकेटरका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो । अब यी टिमहरूले चार विदेशी खेलाडीका साथै एक थप खेलाडी प्रतिभा खोजमार्फत आआफ्नो टिममा भित्र्याउने छन् । एनपिएलको पहिलो संस्करण आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.