• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

श्रीलङ्कालाई हराएको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित

काठमाडौं ,कार्तिक ८
श्रीलंकामाथि जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई नेपालले ६–० को जित हासिल गरेको हो। योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३–० को जित निकालेको थियो।

नेपालले अन्तिम चारमा अर्को समूहको उपविजेता भारतसँग खेल्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएपनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ। नेपाललाई अघिल्लो चरणमा पुर्‍याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल थपे।

नेपाललाई अघिल्लो चरणमा पुर्‍याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी र अमिषा कार्कीले समान एक गोल थपे।

प्रतियोगिताकै कमजोर टोलीमाथि एकपक्षीय हामी हुँदै नेपालले दर्जन बढी अवसर सिर्जना गरेको थियो। तर, तालमेल नमिल्दा नेपालले सिर्जना गरेको अवसरअनुसार स्कोर भने निकाल्न सकेन। यद्यिप, आठौं मिनेटदेखि नेपालले लिएको दबाबसामु श्रीलंका खुलेर खेल्न सकेन। नेपालले सुरुआती अग्रता काउन्टर अट्याकमार्फत अग्रता लियो। सवित्राले राइट साइडबाट एक डिफेन्डर छक्याउँदै दिएको बललाई सवितता रानामगरको लेफ्ट फुटेट वान टच गोलमा परिणत भयो।

१२औं मिनेटमा सवित्राको दर्शनीय गोलबाट नेपालले अग्रता दोब्बर पार्‍यो। उनले करिब २५ यार्डबाट गरेको सशक्त प्रहार दोस्रो बारको टप कर्नर गोलमा परिणत भयो। एक मिनेट नबित्दै रेखाले नेपालको अग्रता ३–० ले अगाडि बढाइन्। अमिषाले लेफ्ट साइडबाट गरेको क्रस बललाई रेखाले ड्रप नहुँदै भली प्रहार जाली चुमेको हो।

२३औं मिनेटमा रेखाले गोल गरेपनि मान्यता पाएन। अमिषाले प्रहार गरेको प्रहार श्रीलंकाली गोलकिपर विरासिंहाले नियन्त्रणमा लिइसकेकी थिइन्। तर, रेखाले उनको हातबाट बल खोस्दै जाली चुमाएपछि कनिका बर्मनले फउलको दिइन्। त्यसको चार मिनेटपछि रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्। सावित्राको क्रसमा रेखाले हल्का टच दिँदै बललाई जालीसम्म पुर्‍याएकी हुन्।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै अमिषाले पहिलो गोल गरिन्। सविताले दोस्रो बारतर्फ च्याप्दै दिएको बललाई गोल लाइननजिक रहेकी उनले हेडरमार्फत बललाई सही दिशा दिइन्। तर, त्यसपछि श्रीलंकाका १० खेलाडी नै डिफेन्समा झर्दा नेपालको प्रयासले सार्थकता पाउन सकेन। यद्यपि, रश्मिले इन्जुरी समयमा हेडरमार्फत गोल गर्दै नेपाललाई समूह विजेता बनाइन्। टोलीका लागि छैटौं गोल गर्दा उनले अनिता केसीको कर्नर बललाई सदुपयोग गरेकी हुन्।

 

बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.