• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

सिमेन्ट उद्योगको मनोमानी, डेढ महिनामा पटक-पटक मूल्यवृद्धि

  •   शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित

रुपन्देही- रुपन्देहीमा रहेका सिमेन्ट उद्योगहरुले मनोमानी रुपमा सिमेन्टको मूल्य वृद्धि गरेका छन् । सिमेन्टको मुल्य मनोमानी रुपमा बृद्धि गर्दा उपभोक्ताहरु मारमा परेका छन् । डेढ महिनाको अबधिमा सिमेन्टमा पटक-पटक मूल्यवृद्धि हुँदा घर बनाउने योजना बनाईरहेका उपभोक्ता ठुलो मारमा परेका छन् ।

रुपन्देहीमा सञ्चालनमा रहेका १० वटा सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्य बृद्धि गरेका हुन् । ती सिमेन्टहरुले एक महिना अघि सम्म फ्याक्ट्रिबाट ३ सय ५० रुपैयामा बिक्रि गर्दै आएको सिमेन्टको मूल्य अहिले बढाएर ५ सय ५० रुपैयामा सम्म पुर्‍याईएको छ ।

जिल्लामा सञ्चालनमा रहेको अर्घाखाँची, जगदम्बा, बृज, सिद्धार्थ, नेपाल अम्बुजा, पाठक, सुप्रिम, अग्नी, बिशाल लगाएतका सिमेन्ट उद्योगले अस्वभाविक रुपमा सिमेन्टको मुल्य बृद्धि गरेको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायम प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार उद्योगको विक्री रसिद निरिक्षणको क्रममा अस्वाभाविक मूल्यवृद्धि भएको भेटिएको छ । बजारमा सिमेन्टको मूल्य बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा रहेका सिमेन्ट उद्योगहरुमा अनुगमन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवा, बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय लगायतले संयुक्त रुपमा उद्योगहरु अनुगमन गरेको छ ।

कार्तिक १ गते उद्योगबाट पिपिसी सिमेन्ट ३ सय २७ रुपैया रहेको सिमेन्टको मूल्य कार्तिक ५ गते ३३६ रुपैया, कार्तिक २५ गते ३६३ रुपैया प्रतिबोरा मूल्यमा उद्योगबाट सिमेन्ट बिक्री भईरहेकोमा मंसिर १५ गते यसको मूल्य उद्योगले ३९८ रुपैया पुर्‍याएका थिए ।

यो मूल्यमा प्रतिबोरा ११ रुपैया अन्तशुल्क कर र त्यसपछि १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडेर बजारमा जाने गरेको छ । यस अर्थमा कर सहित मंसिर १५ गतेको सिमेन्टको मूल्य प्रतिबोरा ४ सय ६२ रुपैया पुग्छ ।

मंसिर १५ गते मूल्य बढाएका सिमेन्ट उद्योगले मंसिर १७ गते पुनः आफ्ना डिलरहरुलाई परिपत्र गरि पिपिसी सिमेन्ट प्रतिबोरा ५ सय ५० रुपैया सम्म बिक्रि गर्न आदेश दिएका थिए ।

कार्तिक १ गते कर सहित प्रतिबोरा ४ सय ७२ रुपैयामा ओपीसी सिमेन्ट बिक्रि गरेका उद्योगले मंसिर १७ गते उद्योगले उक्त सिमेन्टको मुल्य बढाएर ६ सय ३० रुपैया प्रतिबोरा बिक्री गर्न आदेश दिएका थिए ।

कुनै स्वभाविक कारण बिना नै सिमेन्ट उद्योगहरुले मनोपलि रुपमा सिमेन्टको मूल्य बढाएपछि उपभोक्तासंगै डिलरहरु समेत मारमा परेका छन् ।

“एक महिना अघि सम्म सबै सामान्य थियो, अहिले दादागिरीको शैलीमा उद्योगहरुले सिमेन्टको मूल्य बढाएको भन्दै बढेको मूल्यमा सिमेन्ट बिक्री गर्न उर्दी जारी गरेका छन् ।” एक जना डिलर व्यवसायिले भने “हामीले ग्राहकबाट अग्रिम रकम लिएका छौं, उहाँहरुलाई अब कसरी सिमेन्ट आपूर्ति गर्ने होला, ठुलो चिन्ताको बिषय बनेको छ ।”

अनुगमनको क्रममा सिमेन्ट उद्योगहरुले उपभोक्ताले पाउने सामान्य जानकारी पनि बोरामा नराखेको पाईएको छ । उत्पादित वस्तुको मूल्य, त्यसको उपभोग योग्य मिति, अन्य विवरण समेत हुनुपर्नेमा त्यस्तो केही छैन । उपभोक्ताले तिर्नुपर्ने अधिकतक खुद्रा मूल्य कुनै पनि सिमेन्ट उद्योगले उल्लेख गरेका छैनन् ।

उद्योगीहरुले भने सिमेन्टको कच्चा पदार्थमै मूल्यवृद्धि भएको कारण सिमेन्टको मूल्य बढेको दावी गरेका छन् । वृज सिमेन्ट ईण्ड्रिष्टिज प्रालीका महाप्रवन्धक रवि रञ्जन गुप्ताले क्लिंकर सहित अन्य कच्चा पदार्थको मूल्य वृद्धि भएकोले मूल्य बढेको बताउनुभयो ।

दुई वर्ष सम्म कम्पनीले घाटा खाएर सिमेन्ट बिक्री गरेको उल्लेख गर्दै गुप्ताले अब पनि बजार चलायमान नभए उद्योग नै बन्द गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

उद्योगीहरुले क्लिंकरको मूल्य बढेको बताईरदा अनुगमन समितिले क्लिंकर खरिदको बिल समेत निरिक्षण गरेको छ । उद्योगीहरुले क्लिंकरको मूल्य वृद्धि भएको कारण सिमेन्टको मूल्य बढाउनु परेको बताईरहदा तथ्यांकले भने क्लिंकरको मूल्यमा खासै वृद्धि नभएको देखाएको छ ।

जगदम्बा सिमेन्ट उद्योग प्रालीले सर्वोत्तम सिमेन्ट लिमिटेड र सिजी सिमेन्ट ईण्डष्ट्रिज प्रालीबाट क्लिंकर खरिद गर्ने गरेको छ । सर्वोत्तम सिमेन्टको कार्तिक ३० गतेको रसिदबाट जगम्बा सिमेन्टले ६ हजार १५० रुपैया प्रति मेट्रिक टन क्लिंकर खरिद गरेको देखिएको छ ।

यस्तै मंसिर १३ गते उद्योगले सर्वोत्तमबाट नै पुनः सोही मूल्यमा क्लिंकर खरिद गरेको छ । सिजी सिमेन्ट ईण्डष्ट्रिजले जगम्बालाई मंसिर १६ गते ६ हजार २०० रुपैयामा प्रति मेट्रिक टन क्लिंकर बिक्रि गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले अनुगमनको क्रममा उद्योगहरुमा कैफियत देखिएको बताउँदै आवश्यक छानविन गरि कारवाही प्रक्रृया अगाडी बढाउने उल्लेख गर्नुभयो ।

शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.