बैशाख १९ , काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ विरुद्धको दोस्रो टी-ट्वान्टी खेल नतिजा विहीन सकिएको छ ।टियु क्रिकेट मैदानमा परेको भारी वर्षाको कारण खेल रद्द भएको हो ।करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको थियो ।तर, फेरि भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।
वर्षाले खेल रोकिनु अघि जिम्बावेले ब्याटिङ गरिरहेको थियो ।जिम्बावेले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।यस अघि आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ ।टी-ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।


