• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

सहकारी हिनामिना : एक अर्ब बिस करोड बिगो माग दाबी

  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित

काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको अनुसन्धान प्रतिवेदनमा हाल कास्की प्रहरीको हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (निलम्बित) सहित ४० जनाभन्दा बढी प्रतिवादीविरुद्ध झन्डै एक अर्ब २० करोड बिगो माग गर्न सिफारिस गरिएको छ ।

परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार अनुसन्धान प्रतिवेदन तयार भएको र बिहीबारसम्म जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने तयारी छ । अनुसन्धान प्रतिवेदन अध्ययन गरी अदालतमा आरोपपत्र दायर गर्दा प्रतिवादी र हिनामिना भएको रकमको बिगो तलमाथि हुन सक्ने भएकाले प्रहरीले सबै विवरण भने सार्वजनिक गरेको छैन ।

अनुसन्धान प्रतिवेदनमा परिसको हिरासतमा रहेका स्वर्णलक्ष्मी सहरकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामासहित पूर्वअध्यक्ष जिबी राई, देवेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, सविना आलेमगरलगायतविरूद्ध मुद्दा चलाउनुपर्ने राय प्रतिवेदनमार्फत दिइएको छ ।

परिसर स्रोतका अनुसार स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले जम्मा गरेका कुल दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपियाँमध्ये एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ बिगो अपचलन भएको पाइएको छ । हिनामिना भएकोमध्ये झन्डै ६४ करोड रुपियाँ अवैध रूपमा गोर्खा मिडिया लगी अपचलन गरेको पाइएको छ । स्वर्णलक्ष्मी सहकारीमा उक्त सहकारीको रकम हिनामिना भएको भन्दै ६९० जना पीडित बचकर्ताका तर्फबाट ९३ वटा छुट्टाछुट्टै जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीको अनुसन्धानमा सहकारीका तत्कालीन अध्यक्ष जिबी राईसहितले गोर्खा मिडिया नेटवर्कमा मात्र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ६४ करोड ८३ लाख ३८ हजार ४६५ रुपियाँ लगेको भेटिएको छ । प्रहरीले गोर्खा मिडियाको हकमा उक्त रकम नै बिगो मागदाबी गरेको छ ।

बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.