• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

होटेल रेस्टुरेन्टमा दुई खर्ब लगानी

  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित

मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ ।

तथ्याङ्क दिवसका अवसर पारेर राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० मा मुलुकभर सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित एक लाख ४२ हजार २२३ प्रतिष्ठानमा दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको लगानी रहेको उल्लेख छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सो सर्वेक्षण गरेको थियो ।

सवा दुई खर्ब लगानी गर्दा ती प्रतिष्ठानले कुल तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपियाँ आम्दानी गरेको सर्वेक्षणले देखाएको छ । ती प्रतिष्ठानले अर्थतन्त्रमा करिब एक खर्ब नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालुएड) गरेको सर्वेक्षणले देखाएको छ ।

एक लाख ४२ हजार २२३ आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा तीन लाख ८७ हजार ७४७ जना व्यक्ति संलग्न रहेकोमा एक लाख छ हजार ४५९ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई तलब/ज्याला र सुविधामा २० खर्ब ६१ करोड ५० लाख रुपियाँ खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता डा. हेमराज रेग्मीले सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल, रिसोर्ट, गैर तारे होटेल होमस्टेको अवस्थाको अध्ययन गरिएको जानकारी दिनुभयो ।

एक लाख ४२ हजार प्रतिष्ठानको स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको रहेको अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो ।

स्थायी सम्पत्तितर्फ सबैभन्दा धेरै बागमती प्रदेशमा दुई खर्ब ४१ अर्ब २९ करोड ९६ लाख पाँच हजार बराबरको रहेको छ । दोस्रोमा गण्डकी प्रदेशमा एक खर्ब छ अर्ब ६४ करोड, कोशी प्रदेशमा ८५ अर्ब ६९करोड स्थायी सम्पत्ति रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम प्रदेशमा २२ अर्ब ९९ करोड, मधेश प्रदेशमा २२ अर्ब २३ करोड र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ अर्ब एक करोड बराबरको स्थायी सम्पत्ति छ ।

मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा होटेल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत रहेको छ ।

हाल सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टमध्ये कोशी प्रदेशमा २५ हजार ८८७, मधेश प्रदेशमा ११ हजार ७४०, बागमती प्रदेशमा ५२ हजार १२३ छन् । त्यस्तै गण्डकी प्रदेशमा १६ हजार ९७६, लुम्बिनी प्रदेशमा २० हजार १५८, कर्णाली प्रदेशमा सात हजार ११० र सुदूरपश्चिम प्रदेशमा आठ हजार २२८ होटेल रेस्टुरेन्ट छन् । होटेलमा कोठा सङ्ख्या एक लाख १६ हजार एक सय छन् । त्यसमा तारे होटेलमा आठ हजार ४९६, ताराविहीन होटेलमा एक लाख ७५, रिसोर्ट तीन हजार ८२९ र होमस्टेमा तीन हजार सात सय कोठा छन् । सर्वेक्षण अनुसार हाल सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई सेवा दिने गरेको सर्वेक्षणले देखाएको छ ।

राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण सार्वजनिक गर्दै मुख्य सचिव एकनारायण अर्यालले तथ्याङ्क समयमा उपयोग गर्न सके नीति निर्माणमा सहयोग पुग्ने बताउनुभयो । तथ्याङ्कीय हिसाबले थिङ ट्याङ्कको (विचार समूह) रूपमा तथ्याङ्क कार्यालय रहेको बताउँदै मुख्य सचिव अर्यालले नीतिगत दोहोरोपन नहुने गरी कार्यान्वयनयोग्य बनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासनीले होटेल तथा लजको सङ्ख्यासँगै पर्यटकको आगमन बढे पनि जिडिपीमा यस क्षेत्रको योगदान बढ्न नसकेको बताउनुभयो । नीति निर्माणमा तथ्याङ्कको भूमिका महत्वपूर्ण रहेको बताउँदै सचिव मरासिनीले मुलुकको विकासका लागि प्रमाणमा आधारित नीति निर्माण गर्न तथ्याङ्को अति आवश्यक पर्ने धारणा राख्नुभयो । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटीले सर्वेक्षणबाट प्राप्त तथ्याङ्क सम्बन्धित कार्यालयले प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभयो ।

बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.