• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

कोशी प्रदेश सभाका बहालवाला सचिव पराजुलीसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

  •   शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित

सर्वोच्च अदालतले कोशी प्रदेश सभाका बहालवाला सचिव गोपालप्रसाद पराजुलीसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध रूपमा बालुवा र माटो उत्खनन गरी कोषलाई हानि पुर्‍याएको मुद्दामा सर्वोच्चले दुई पूर्वसदस्यसचिव, जिल्ला विकास समितिका तत्कालीन कर्मचारी र ठेकेदारलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा कोषका तत्कालीन सदस्यसचिव एवं नेकपा (एमाले) का नेता निर्मल कुइँकेल, कोषकै अर्का सदस्यसचिव सुशील नाहटासमेत छन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले कोषका पूर्वसदस्यसचिवद्वय कुइँकेल र नाहटा तथा प्रदेश सभाका सचिव पराजुलीलाई दोषी ठहरेको हो । पराजुलीलाई तत्कालीन स्थानीय विकास अधिकारीको भूमिकालाई लिएर मुद्दा दायर भएको थियो । निजामती सेवाबाट अवकाशपछि उहाँ प्रदेश सभा स्थापनादेखिकै सचिव हुनुहुन्छ । दुई ठेकेदारबाहेक अन्य सात जनालाई विशेष अदालतले भने सफाइ दिएको थियो ।

सर्वोच्चले दुई ठेकेदारलाई पनि जरिबाना गरेको छ । ठेकेदारद्वय मिट्ठाराम दाहाल र बच्चुराम दाहाललाई अदालतले बिगो दाबी अनुसार जरिबाना गरेको हो । अदालतले मिट्ठारामलाई दुई लाख ३७ हजार ६६ रुपियाँ जरिबानाको फैसला गरेको छ । अर्का प्रतिवादी बच्चुरामलाई बिगो असुलउपर गरी बिगोबमोजिमकै १२ करोड ९९ लाख ८४ हजार ३५७ रुपियाँ जरिबानाको फैसला गरेको छ ।

अवैध उत्खननमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख रुपियाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो । तत्कालीन समयमा जिल्ला विकास समितिलाई बुझाउनुपर्ने शुल्क र रोयल्टीसमेत छलेको आरोप अख्तियारको थियो । विशेष अदालतले आठ वर्षअघि २०७३ भदौ ५ गते मुद्दा फैसला गर्दै दुई ठेकेदारलाई जरिबाना र अन्य सात जनालाई सफाइ दिएको थियो । सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै नौ जनालाई नै बिगो जफत र बिगो अनुसार जरिबाना र कैद सजाय सुनाएको हो । सर्वोच्चले कुइँकेललाई बिगोबमोजिम ८३ लाख ४१ हजार ६६६ रुपियाँ जरिबाना र छ वर्ष कैद सजाय गरेको छ ।

यस्तै महेन्द्रलाल श्रेष्ठलाई बिगो असुल र जरिबाना ७८ लाख ५३ हजार ३९३ रुपियाँ जरिबानाको फैसला अदालतले गरेको छ । श्रेष्ठलाई चार वर्ष कैद सजाय गरेको छ । नाहटालाई अदालतले बिगोबमोजिम ९१ लाख ६३ हजार ७३५ रुपियाँ जरिबाना र छ वर्ष कैद सजायको फैसला गरेको छ ।

यस्तै पराजुलीलाई अदालतले अवैध खानी सञ्चालनको निकासी बिगो, रोयल्टीसमेत गरी एक करोड २२ लाख ३६ हजार ३४७ रुपियाँ जरिबानाको फैसला गरेको छ । अदालतले पराजुलीलाई छ वर्ष कैद सजाय सुनाएको छ । यस्तै प्रतिवादी प्रेमराज जोशीलाई अदालतले बिगोबमोजिम दुई लाख ३७ हजार ६६६ रुपियाँ जरिबाना र छ महिना कैद सजाय सुनाएको छ । प्रतिवादी भीष्मकुमार मल्ललाई अदालतले बिगोबमोजिम दुई लाख ३७ हजार ६६६ रुपियाँ जरिबाना र छ महिना कैदको फैसला गरेको छ ।

प्रतिवादी राजुकुमार रेग्मीलाई अदालतले बिगोबमोजिम दुई लाख ३७ हजार ६६६ रुपियाँ जरिबाना र छ महिना कैद सजाय सुनाएको छ ।

शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.