• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एचपिभी खोप सुरक्षित छ

  •   शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित

सरकारले पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुन ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप दिन थालेको छ । यो खोप नौदेखि १४ वर्षसम्मका उमेर समूहका बालिका र किशोरीलाई दुई मात्रा दिनु पर्छ । पछिल्लो जनगणना अनुसार नेपालमा नौदेखि १४ वर्षका बालिका र किशोरीको सङ्ख्या करिब साढे १६ लाख छ ।

विश्वव्यापी रूपमा हेर्दा मृत्युको चौथो प्रमुख कारणमा पाठेघरको मुखको क्यान्सर पर्छ । सन् २०२० को तथ्याङ्क अनुसार विश्वमा बर्सेनि करिब छ लाख महिलामा पाठेघरको मुखको क्यान्सर लाग्ने गरेको छ । यसकै कारण विश्वमा प्रतिवर्ष लगभग साढे तीन लाख महिलाको मृत्यु भएको देखिन्छ । उक्त क्यान्सरबाट प्रभावितमध्ये ८४ प्रतिशतको मृत्यु हुन्छ र मृत्यु हुनेमध्ये ८८ प्रतिशत निम्न आय भएका मुलुकका छन् ।

नेपालमा बर्सेनि करिब २२ सय महिलालाई पाठेघरको मुखको क्यान्सर लागेको देखिन्छ भने करिब १५ सय जतिको मृत्यु यसै कारणले हुने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वमा पाठेघरको मुखको क्यान्सर निवारण गर्नका लागि सन् २०२१ देखि २०३० सम्मका लागि ९०–७०–९० लक्ष्यसहितको रणनीति अपनाएको छ । ९०–७०–९० रणनीति अन्तर्गत सन् २०३० सम्ममा ९० प्रतिशत बालिका वा किशोरीलाई पूर्ण खोप (एचपिभी) दिइसक्ने, ७० प्रतिशत महिलालाई उच्चस्तरको स्क्रिनिङ विधिबाट ३५ वर्षसम्ममा पहिलो पटक र ४५ वर्षमा फेरि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (शीघ्र पहिचान) गर्ने तथा पाठेघरको मुखको क्यान्सरबाट प्रभावित ९० प्रतिशत महिलाको यथोचित एवं यथाशीघ्र उपचार गर्ने लक्ष्य छ ।

९०–७०–९० को रणनीति अन्तर्गत एचपिभी खोप, ङक्रनिङ (शीघ्र पहिचान) र उपचारलगायतका तीनखम्बे नीति प्रभावकारी तवरले अपनाएर अस्ट्रेलिया सन् २०२८ देखि २०३५ सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने पहिलो मुलुक बन्ने अभियानमा छ ।

हाल विभिन्न देश अस्ट्रेलियालाई मोडल मानेर यस्तै खाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न लागिपरेका छन् ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अर्थात् एचपिभी खोप ४१ भन्दा बढी विकसित देशमा खोप तालिकामा नै समावेश गरेर राखिएको छ । जसको कारण पाठेघरको मुखको क्यान्सरबाट पीडित हुनेको सङ्ख्या दिन प्रतिदिन घटिरहेको छ ।

के कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भए पनि करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीसँग सम्बन्धित रहेको पाइएको छ । पाठेघरको मुखको कोषिकाको प्रोटिनसँग एचपिभीको प्रोटिनको रासायनिक प्रक्रिया हुँदा ती कोषिकामा परिवर्तन आउँछ । जुन कालान्तरमा क्यान्सरमा परिणत हुन जान्छ ।

यौनिक रूपमा सक्रिय भएको केही समयमै एचपिभीबाट सङक्रमित हुने सम्भावना रहन्छ । त्यसैले एचपिभी सङक्रमण यौन गतिविधिबाट हुने सङक्रमणमध्ये प्रमुख हो तर जनमानसमा यौनसम्पर्ककै कारण मात्र एचपिभी सर्छ भन्ने कुरामा भ्रम छ । सत्यता के हो भने प्रत्यक्ष यौनसम्पर्कका क्रममा जननेन्द्रियको छाला, पातलो झिल्ली तथा सङ्क्रमित व्यक्तिको शरीरको स्रावबाट सर्ने भएकाले योनि–लिङ्ग मैथुन, मुख मैथुन वा गुद्द्वार मैथुनका बेला पनि एचपिभी सर्न सक्छ । त्यसैले एचआइभी तथा अन्य यौन सङ्क्रमणमा जस्तै कण्डमको प्रयोगले मात्र पनि यी भाइरसबाट बच्न सकिँदैन ।

यौनिक रूपमा सक्रिय करिब ५० देखि ८० प्रतिशत महिला वा पुरुषको जीवनमा एक न एक पटक एचपिभी सङक्रमण भएकै हुन्छ तर एचपिभीबाट सङ्क्रमित सबैमा जननेन्द्रियको क्यान्सर हुन्छ भन्ने छैन । खासमा धेरैजसो महिलामा यो सङ्क्रमण आफैँ निवारण भएर जान्छ भने तीनदेखि १० प्रतिशत महिलामा यसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छ । एचपिभीबाट गम्भीर सङ्क्रमण भएको भए पनि बिनाउपचार पनि यो आफैँ निको हुन सक्छ । एचपिभीका दुई सयभन्दा बढी प्रजाति भए पनि १३ प्रजातिले मात्र पाठेघरको मुखको क्यान्सर उत्पन्न गराउँछन् । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभी १६ तथा १८ को सङ्क्रमणले हुने गरेको पाइएको छ ।

एचपिभीलाई पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व मानिए पनि कम उमेरमा विवाह हुनु, कम उमेरमै यौनसम्पर्क स्थापित हुनु, एकभन्दा बढीसँग यौनसम्पर्क राख्नु, कम उमेरमा धेरै बच्चा जन्माउनु, आफ्नो गुप्ताङ्गको उचित सरसफाइ नगर्नु, सुर्तीजन्य पदार्थ सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्गसम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सरका अन्य जोखिम पक्ष हुन् ।

धूमपान गर्नेमा भने एचपिभी सङक्रमण लामो समयसम्म रहिरहन्छ । धूमपानकै कारण पनि पाठेघरको मुखको क्यान्सर र यौनाङ्ग वरिपरि क्यान्सर हुने सम्भावना बढी हुन्छ । एचपिभीबाट सङक्रमित मानिसले थाहै नपाई आफ्नो यौनसाथीलाई एचपिभी सारिरहेका हुन्छन् ।

पाठेघरको मुखको क्यान्सरको आरम्भिक अवस्थामा कुनै लक्षण नहुन सक्छ । प्रभावित महिलामा असामान्य रगत तथा रगत मिसिएको गनाउने योनिस्राव देखा पर्न सक्छ । त्यसै गरी यौनसम्पर्कपश्चात् रगत देखा पर्ने अवस्था पनि आउँछ । महिनावारी पनि धेरै दिनसम्म हुने वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ । प्रारम्भिक अवस्थामा कुनै पीडा नभए पनि क्यान्सर फैलिइसकेपछि भने पीडा हुन थाल्छ । पछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि पनि हुन्छ ।

नियमित स्वास्थ्य जाँचका क्रममा प्याप स्मियर नामक स्क्रिनिङ विधिबाट पाठेघरको मुखको स्राव निकाली क्यान्सर छ, छैन थाहा पाउन सकिन्छ । एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि यो समस्या थाहा पाउन सकिन्छ । विवाह गरेको दुई, तीन वर्षदेखि नै नियमित रूपमा स्क्रिनिङ गराउनु बुद्धिमानी हुन्छ । एचपिभीविरुद्धको खोपले विशेषतः १६ र १८ का एचपिभी सङ्क्रमणविरुद्ध लड्न महिलालाई सक्षम बनाउँछ । यो खोप लगाए पनि समय समयमा स्क्रिनिङ गराउनु पर्छ ।

यौन क्रियामा लाग्नुअघिका किशोरीले खोप लगाए पूर्ण लाभ मिल्छ । त्यसो भएर नौदेखि १४ वर्षसम्मका स्कुले छात्राले खोप लगाउनु पर्छ तर नौ वर्षभन्दा कम र २६ वर्षभन्दा बढी उमेरकाले लगाउनु त्यति उपयुक्त हुँदैन । पहिले नै एचपिभी १६, १८ बाट सङ्क्रमण भइसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैन । नेपालमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनएनसिटिआर) को पहलमा २००८ मा काभ्रेका सीमित स्कुले बालिकालाई यो खोप दिइएको थियो । सन् २०१५ मा चितवन र कास्कीमा पाइलट प्रोजेक्टका रूपमा एचपिभी खोप दिइएको भए पनि निरन्तरता पाउन सकेन । नेपाल सरकारले हालै मात्र यस कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्ने र तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धद्घ खोप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । मधेश प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाबाट यो योजना सुरु गरिने छ । विगतमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि दिइने दुईथरी खोप नेपालमा प्रयोग भएको छ ।

कास्की र चितवनमा दिइएको खोप सर्भारिक्स थियो भने अस्ट्रेलियाली सरकारको सहयोगमा एनएनसिटिआरले गार्डासिल खोप दिएको थियो । अब सरकारले ल्याउन खोजेको खोप सर्भारिक्स हो । यो खोप छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । त्यसो त उपत्यकाका केही निजी अस्पतालले सर्भारिक्स खोप सःशुल्क दिइरहेका पनि छन् ।

यो खोप नौदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण के हो भने यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने हुन्छ ।

शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.