बैशाख २५,हेटौंडा। हेटौंडा–९ लामसुरेस्थित कृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कूलले शैक्षिक सत्र २०७९ को नया भर्ना संगै विधालयले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।जस अन्तर्गत ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ९५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रिप्राध्यापक श्री नवीन के सीले जानकारी दिनुभएको छ ।
प्राध्यापक के सी का अनुसार छात्रवृत्ति कार्यक्रममा नयाँ भर्ना हुन आउने र विद्यालयमा अध्ययनरत दुवै तर्फाका विद्यार्थीलाई समानरुपमा प्रतिस्पर्धाको अवसर प्रदान गरिनुका साथै प्रवेश परीक्षा यहि जेठ ७ गते शनिबारका दिन बिधालय प्राङ्गणमा सञ्चालन गरिनेछ बताउनु भएको छ । १०० पूर्णाङ्कको प्रवेश परीक्षामा वस्तुगत प्रश्न सोधिनेछ भने उक्त परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुने जानकारी प्राध्यापक के सी ले दिनुभएको छ ।
कक्षा ५ देखि कक्षा ९ सम्म गरि जम्मा ७५ जना विद्यार्थीलाई कुल शैक्षिक शूल्क मध्ये ९५ प्रतिशत शैक्षिक शूल्क छात्रवृत्तिस्वरुप छुट गरिनेछ भने जम्मा ५ प्रतिशत रकम मात्रै लिईने वाहाले जानकारी दिनुभएको छ ।

शनिबार शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ भने परीक्षाको नतीजा अभिभावकको उपस्थितिमानै सार्वजनिक गरिएको पनि वहाले बताउनु भएको छ । नतीजा सार्वजनिकसँगै विद्यालयले कक्षागत उत्कृष्ट ५ जना र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षाका १० जनाका दरले विद्यार्थीलाई मेडलसहित सम्मान गरेको छ । नतीजा सार्वजनिक गर्ने अवसरमा विद्यार्थी, अभिभावक, स्थानीय समुदाय समेत सहभागी हुन पाउने गरी स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
यसका साथै हरेक महिना विभिन्न स्वास्थ्यसम्बन्धी शिविरको आयोजना संगै विद्यालयले शैक्षिक सत्र २०७९ मा हरेक बिधार्थीको बिमा समेत गर्ने येजना रहेको प्राध्यापक केसीले जानकारी दिनुभएको छ । यसका साथै हरेक बालबालिकाले उत्कृष्ठ शिक्षा पाउनु पर्ने उनीहरुको नैसर्गिक अधिकार रहेको र यसका लागि श्री कृष्ण आदर्श बोर्डिंगले स्कुल हरदम तत्पर हरेको पनि बताउनु भएको छ।


