• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

ऋण भुक्तानका लागि पुराण !

  •   बुधबार, चैत २७, २०८१ मा प्रकाशित

काठमाडौं ,चैत्र २७
बागलुङमा सहकारीप्रतिको नकारात्मक भ्रम चिरेर ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको छ । सिवाइसी सहकारी बागलुङले मङ्गलबार सहकारीबाट ऋण लगेर ऋण तिर्न कठिन भएका सदस्यको ग्रहशान्ति गर्न र सदस्यलाई जागरुक बनाउन पुराण लगाएको हो ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले ऋण लगेकाले नतिर्ने र बचतकर्ताले विश्वास नगर्ने भएपछि पुराण लगाएरै सचेत गराइएको बताउनुभयो । उहाँले सदस्यलाई जागरुक बनाउन सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको भन्दै आफ्नो सहकारीले सदस्यमैत्री भएर काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष पौडेलले पछिल्लो समय सहकारीले गरेको राम्रो काम ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “नेपालमा ३२ हजार सहकारी संस्था छन् । जसमध्ये पाँच सयदेखि एक हजार सहकारी बिग्रेका होलान् । ३१ हजार सहकारीले राम्रो काम गरिरहेका छन्,” अध्यक्ष शर्माले भन्नुभयो, “३१ हजार सहकारीले राम्रो काम गरेको ओझेलमा पारेर एक हजार बिग्रेका नराम्रो कामको पछि हिँडेका छन् । हामीले नकारात्मक मात्र कुरा नगर्नूस् भन्न पुराण लगाएका हौँ ।”

सदस्यलाई जागृत गर्न सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको अध्यक्ष शर्माको भनाइ छ । उहाँले सहकारीले पनि सदस्यमैत्री भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सिवाइसीले सदस्य जागृत गर्न र ऋणीलाई ऋण तिर्न प्रेरित गर्न पुराण लगाएको शर्माको भनाइ छ ।

सहकारीको ऋण नतिर्नेलाई कालो सूचीमा राख्ने प्रावधानले सहकारी अभियानलाई खुसी तुल्याएको अध्यक्ष शर्माले बताउनुभयो । “ऋण लगेर नतिर्दा सामाजिक रूपमा बहिष्कारमा त परिन्छ नै, ऋण नतिर्नेलाई धार्मिक रूपमा समेत पाप लाग्ने, कल्याण नहुने र नर्कमा जाने कुरा पुराण लगाएर पण्डितको मुखारबिन्दबाटै सुनाइएको छ,” शर्माले भन्नुभयो । सहकारीले सदस्यमैत्री सेवा दिएमा हल्लाका भरमा सहकारी नडुब्ने बताउँदै सदस्यलाई भ्रमबाट मुक्त गर्न सदस्य जागरण अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सहकारी पुराण कार्यक्रममा प्रवचन दिँदै यतिराज आश्रम सहश्रधारा पर्वतका पीठाधिश्वर स्वामी नारायणाचार्यले वेदमै सबैले सबैको भलो गर्नुपर्ने लेखिएको बताउँदै ऋण लिएर नतिर्नेको कल्याण नहुने बताउनुभयो । “वेदमा सबैले सबैको भलो गर्नुपर्ने लेखिएको छ,” नारायणाचार्यले भन्नुभयो, “कसैको रकम फिर्ता गर्ने सर्तमा लिइन्छ भने सर्त अनुसार फिर्ता गर्नु पर्छ । फिर्ता नगरेमा कल्याण हुँदैन ।” उहाँले ऋण नतिर्दा हुन सक्ने मानसिक र सामाजिक क्षतिको विषयमा समेत जानकारी लिन सदस्यलाई आग्रह गर्नुभयो । सहकारी पुराणमा प्रवचनसँगै भजनकीर्तनसमेत प्रस्तुत गरिएको थियो । सिवाइसीले ऋण सङ्कलन गर्न र सदस्यलाई क्रियाशील बनाइराख्न चैत १३ गतेदेखि सदस्य जागरण कार्यक्रम सञ्चालन गरिरहेको छ । गोरखापत्रबाट साभार

बुधबार, चैत २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.