बैशाख २६ काठमाडौं । आज नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ ।
तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको छ ।पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।
तपाईको प्रतिक्रिया


