बैशाख २६, चितवन । गए राति नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान)को हत्या भए सगै बिहानै बाट सुरक्षा व्यवस्था कडा बनाइएको छ ।परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव भएको छ ।
कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका छन् । यति बेला भरतपुरको चौबिसकोठि तनाब ग्रस्त भएको छ ।भरतपुरको चौबिसकोठि , चितवन मेडिकल कलेज लगायतको ठाउमा व्यापक प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।अस्पतालको मूल गेटमै प्रहरीहरु तैनाथ छन् ।
यता घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् ।हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।
आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएकाे थियो ।परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउनसमेत उनीहरुले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । आन्तरिक विवाद र लेनदेन कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ । परियारसंग केहीमहिनादेखि भारतीय एक नागरिकको उठबस रहेको र घटनामा उनकै संलग्नता हुनसक्ने भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ ।


