• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

ई रिक्साले घटायो बिदेसिने रहर

  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित

जनकपुर, वैशाख २२ । तीन वर्ष वैदेशिक रोजगारी गरेर फर्किनुभएका शिवचन्द्र मण्डल आफैँ साहु र चालक बन्नुभएको छ । एक वर्षअघि विदेशबाट फर्किनुभएका मण्डलले वैदेशिक रोजगारीका लागि फेरि मलेसिया जाने योजना बनाउनुभएको थियो तर उहाँको यो योजनालाई पक्की सडकले रोकेको छ । पछिल्लो समय मुख्य सहरसँग पक्की सडक सञ्जाल विस्तार भएपछि धेरै युवालाई स्वरोजगारीको बाटो खुलेको छ । ती सडक कमाइको अवसरका रूपमा प्रयोग भइरहेको छ । स्वरोजगारीको अवसर चिनेर प्रयोग गर्न थालेका शिवचन्द्र जस्तै धेरै युवाको घरखर्च यिनै सडकबाट चलिरहेको छ ।

सामान्य पढलेख गरेका तर घरपरिवारको जिम्मेवारी थपिएपछि दैनिक मजदुरी गरी खान लजाउने, गाह्रो काम गर्न नसक्ने, रोजगारीको अवसर नपाउने जस्ता अनेक कारणले युवा बिदेसिने गरेका छन् तर गाउँसहरमा सडक सञ्जाल विस्तारले त्यस्ता युवालाई स्वरोजगारी मात्र दिएको छैन, उनीहरूको मानसम्मान, प्रतिष्ठा पनि बढाएको अनुभूत गराएको छ । यो काम ई रिक्साले गरेको छ ।

२७ वर्षीय शिवचन्द्र जस्तै २८ वर्षीय भोला सहनी पनि वैदेशिक रोजगारीमा जानबाट रोकिनुभएको छ । फ्री भिसा, फ्री टिकट भने पनि विदेश जानका लागि कम्तीमा डेढ/दुई लाख रुपियाँ नगद खर्च गर्नु पर्छ । ऋण काढेर विदेश गएपछि त्यहाँ भने अनुसारको काम नपाउने, एजेन्टबाट ठगिने, राम्रो कमाइ नहुने, ऋणको सावाँब्याज बुझाउन नसकिने, पतिपत्नी, बालबच्चा, घरपरिवारमा प्रतिकूल असर पर्ने जस्ता समस्याले वैदेशिक रोजगारीभन्दा स्वदेशमै रोजगारी खोजिने गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका या वैदेशिक रोजगारीमा नगएका युवा, वयस्कदेखि वृद्धसम्मका लागि सडक विस्तार गर्जो टार्ने आधार बनेको छ । सम्मानजनक आत्मसन्तुष्टिको पेसा/व्यवसाय मानेर उहाँहरू ई रिक्सा किनेर चलाइरहनुभएको छ । “सहर बजारमा पक्की सडक निर्माण र विस्तारले ई रिक्सा गुडाउन सहज र सरल मात्र भएको छैन, यात्रुलाई सजिलो तथा अरामदायी पनि भएको छ,” ६५ वर्षीय रिक्सासाहु चालक रामसेवक खंगले भन्नुभयो । मधेशका मुख्य सहरहरू जनकपुरधाम, लहान, राजबिराज, बर्दीबास, मलङ्गवा, वीरगन्ज बजार क्षेत्रमा पक्की सडकको विस्तारले ई रिक्सा अत्यधिक सञ्चालन भइरहेको छ । सहरहरूमा ई रिक्साको सङ्ख्या बढेका कारण पार्किङ व्यवस्थापनमा पनि समस्या भइरहेको ट्राफिक प्रहरी निरीक्षक रामबालक रायले बताउनुभयो ।

घट्दै बिदेसिनेको सङ्ख्या

मधेश प्रदेशबाट रोजगारीका लागि विदेश जानेको सङ्ख्या धेरै छ । आठ जिल्ला र १३६ पालिका रहेको मधेश प्रदेशको सबभन्दा बढी युवा धनुषाको सबैला नगरपालिकाबाट बिदेसिने गरेको एक तथ्याङ्कले देखाएको छ तर स्वदेशमै ई रिक्सा जस्तै अन्य स्वरोजगारीले बिदेसिने युवाको सङ्ख्या क्रमिक रूपमा घट्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशका आठ वटै जिल्लाका एक लाख ७२ हजार ८६१ जना वैदेशिक रोजगारीमा गएका छन् । जुन अघिल्लो वर्षमा बिदेसिने युवाको सङ्ख्याभन्दा सात हजार ७९८ कम हो । श्रम तथा रोजगार कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशबाट कुल एक लाख ८० हजार ६५९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या कुल सङ्ख्याको २३.४२ प्रतिशत छ ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै मधेश प्रदेशबाट खाडीलगायत विभिन्न देशमा छ लाख ३० हजार रोजगारीका लागि गएका थिए भने आव २०७७÷७८ मा एक लाख ६६ हजार जना वैदेशिक रोजगारीका लागि गएको तथ्याङ्कले देखाएको छ । साभार गोरखापत्र

सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.