• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नयाँ कोरोना भाइरस कति खतरनाक छ ?

  •   शनिबार, जेठ १७, २०८२ मा प्रकाशित

सन् २०१९ मा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस पुनः छिमेकी देश भारत लगायतका एसियाली मुलुकमा तीव्र गतिमा फैलिरहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणले सन् २०१९ मा जनधनको साथै विश्वभरको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो ।

भारत लगायतका देशमा तीव्र गतिमा फैलिएको भाइरस हालसम्म नेपालमा भने पुष्टि नभए पनि कोरोनाले पुनः भयावहको अवस्था त आउने होइन भनेर धेरैमा मनमा त्रास छ ।

भारतमा कोरोना सङ्क्रमणले धेरैलाई अस्पतालमा पुर्‍याउनुका साथै केही मृत्यु भएको घटना सार्वजनिक भएकोले धेरैले त्रासित भएका छन् ।

यो भाइरस नेपालमा हालसम्म पुष्टि नभए पनि ढिलो चाडो नेपालमा पनि देखिने विज्ञको भनाइ छ ।

नयाँ कोरोना कति खतनाक छ ?

हाल भारतमा ओमिक्रोनको नयाँ पुस्ता एनबी.१.८.१ भाइरस तीव्र रूपमा फैलिएको सरुवा रोग विशेष डा.शेरबहादुर पुन बताउनुहुन्छ । डा.पुनका अनुसार यो भेरिएन्ट ओमिक्रोन जस्तै अति सङ्क्रमक भए पनि कम घातक छ ।

उहाँ भन्नुहुन्छ,“अहिले भारत लगायतका देशमा देखिएको भाइरस ओमिक्रोनको नयाँ पुस्ता हो । यो भाइरस कस्तो छ भने पुष्टि नभए पनि विश्व स्वास्थ्य सङ्गठनले भाइरस अति सङ्क्रामक भए पनि कम घातक भएको उल्लेख गरेको छ ।”

यो भाइरस कम घातक भएकाले जोखिम समूहलाई अस्पतालसम्म पुर्‍याए पनि आइसियूमा भर्नाहुने दर निकै न्युन रहेको डा.पुनको भनाइ छ । उहाँ भन्नुहुन्छ,“भारतमा धेरै जनसङ्ख्या छन् । धेरैले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन त्यसैले पनि धेरै सङ्क्रमित पुष्टि भएको हुनसक्छ ।तर, आइसियूमा भर्ना दर भने निकै न्युन छ ।”

नेपालमा यो भाइरस फैलने सम्भावना कति छ ?

भारतमा कुनै पनि सङ्क्रमण फैलिएपछि ढिलो चाँडो नेपालमा फैलिएको बिगतको अनुभवले देखाएको हुँदा यो भाइरस पनि ढिलो चाँडो पुष्टि हुने हुँदा सचेत रहन डा.पुनको आग्रह छ । उहाँ भन्नुुहुन्छ,“भारतमा कोरोना सङ्क्रमण फैलिएपछि, नेपालमा पनि ढिलो चाँडो फैलिएको विगतको अनुभव देखाएकोले सबै सचेत रहनुहोला । सरकारले यो भाइरस नेपाल भित्रन नदिन गृहकार्य गरेकै होला ।”

नयाँ कोरोनाको लक्षण ?

चिकित्सकका अनुसार कोरोना भाइरस श्वाप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो । कोरोना भाइरसको सङ्क्रमण हुँदा सामान्य फ्लुका जस्तै लक्षण देखिएको डा.पुन बताउनुहुन्छ ।

उहाँका अनुसार रुघा, खोकी लाग्ने, घाँटी दुख्ने, आलश्य हुने, मांशपेशी दुख्ने, जिउ दुख्ने, नाक बन्द हुने, झाडापखाला लाग्ने, ज्वरो आउने, जिउ दुख्ने यो भाइरसका प्रमुख लक्षण हुन् ।

उहाँ भन्नुहुन्छ,“यो भाइरसका सामान्य लक्षण देखिन्छन् ।तर, लक्षण सामान्य भनेर हेलचक्राइ भने गर्नु हुँदैन् । जोखिम समूहले हेलचेक्राइ गरेमा बिरामीको मृत्यु समेत हुन सक्छ ।”

उहाँ भन्नुहुन्छ,“हाछ्यु गर्दा, सिङ्गान, थुकको छिटा, खकारको माध्येमबाट यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।”

जोखिम समूह

कोरोना भाइरसबाट ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबलिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता भएका मानिस जोखिम रहेको चिकित्सक बताउछन् । यस्ता मानिसहरू कोरोनाको सामान्य लक्षण देखिए पनि अस्पतालसम्म पुर्‍याउने जोखिम बढी हुने हुँदा सचेत रहन डा. पुनको आग्रह छ । उहाँले जोखिम समूहलाई रोगको जोखिम कम गर्न कोरोना विरुद्धको खोप लगाउन डा.पुनको सुझाव छ ।

धेरै मानिस खोप लगाउने कि नलगाउने भनेर अन्योलमा रहेकोले सरकारले कस्तो अवस्थामा कोरोना विरुद्धको खोप लगाउने भनेर निर्देशिका बनाइदिएमा सहज हुने डा. पुनको भनाइ छ । डा.पुनका अनुसार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालबाट सरकारले कोरोना विरुद्धको खोप दिँदै आएको छ ।

भाइरसबाट बच्न के गर्ने

कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउन डा.पुनको आग्रह छ । भिडभाडमा नजाने जानै परेमा मास्क लगाउन, बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुन, जथाभावी फोहोर ठाउँमा छोएर नाक मुखमा हात नलैजान उहाँको आग्रह छ । युवा र सक्रिय सदस्यमार्फत घरका जोखिम सदस्यसम्म भाइरस फैलने हुँदा जोखिम समूहलाई यो रोग लाग्नबाट बचाउन घरमा कसैले रुघाखोकी लगायतका लक्षण देखिएमा छुट्टै बस्न आग्रह गर्नुभयो ।

कोरोना भित्रना नदिन के गर्दै छ सरकार

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्र भाल झाले कोरोना भित्रन नदिन सीमा नाका, हवाई नाकामा हेल्थ डेस्क राखिसकेको जानकारी दिनुभयो ।

उहाँले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो । आवश्यक परीक्षण सबै प्रदेशमा पठाइसकेको जानकारी दिनुभयो । भारतमा अहिलेसम्म पछिल्लो सयम २७ सय बढी सक्रिय सङ्क्रमित हुँदा २२ जनाको मृत्यु भइसकेको छ । भारतको सङ्क्रमितको दरलाई हेरेर सरकारले थप गम्भीर बन्नुपर्ने देखिन्छ ।

शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.