• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सामूहिक हत्याको कारक जटिल मनोरोग

  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित

नारायणगढ, जेठ २८ । यही जेठ २ गते बिहानै लीलाराज गिरीले विद्यालय जाने तयारी गरिरहेकी सात वर्षीय छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजो साजन गिरीको खुर्पा प्रयोग गरेर हत्या गरे । भरतपुर महानगरपालिका–२५ निवासी लीलाराजले प्रभा र साजनको हत्या मात्रै गरेनन्, आफूले पनि घाँटी रेटेरै आत्महत्या गर्ने प्रयास गरे तर संयोगले उनी बाँचे अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बुटवल उपमहानगरपालिका–११, होराइजन चोकस्थित मिलीजुली पथमा एक महिला र उनका दुई छोरीको हत्या भयो । जेठ १४ गते स्थानीय ३१ वर्षीय दीपा बस्याल, छोरी सात वर्षीय स्नेहा बस्याल र चार वर्षीय नानी बस्यालको हत्या भयो । उनीहरूको हत्या अभियोगमा प्रहरीले स्थानीय सुजन कोइरालालाई पक्राउ गरेको छ । हत्या भएकी दीपा सुजनकी पूर्वपत्नी र छोरीहरू भएको बताइन्छ । उनले घरेलु हतियार हम्बर र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयवासीले बताएका छन् । अहिले प्रहरी अनुसन्धानका क्रममा रहेका सुजन यसअघि दाइको हत्या गरेको अभियोगमा जेल जीवन बिताई चार वर्षअघि छुटेका थिए ।

जेलबाट छुटेपछि उनले एकल जीवन बिताइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । माथिका दुई प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय सामूहिक हत्या जस्ता डरलाग्दा घटना समाजमा बढेका छन् । अझै अरूको हत्या गरिसकेपछि आफूले समेत आत्महत्या गर्ने क्रम पनि देखिन्छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ को तीन वर्षमा ३२ वटा यही प्रकृतिका सामूहिक हत्याका मुद्दा दर्ता भएका छन् । जसमा आफन्तको हत्यापछि १९ जनाले आत्महत्या गरेका र १६ जनाले आत्महत्या प्रयास गरेको उल्लेख छ ।

यो अवधिमा हत्या हुने महिला र बालबालिका नै धेरै देखिन्छन् । प्रहरीको तथ्याङ्क अनुसार महिला २१ जना र बालबालिका १९ जना यस्ता घटनामा मारिएका छन् । सामूहिक हत्यामा पर्ने पुरुषको सङ्ख्या भने तीन जना छ । चितवन मेडिकल कलेज मनोरोग विभागका प्राध्यापक डा. शैलेन्द्रराज अधिकारी यसरी सामूहिक हत्या गर्ने सामान्य मानिस नभई जटिल खालका मनोरोगी भएको तर्क गर्नुहुन्छ । “सामूहिक हत्या गरी आफूले पनि आत्महत्या गर्ने जटिल खालका मानसिक रोगी हुन् । जुन अहिले समाजमा बढिरहेका छन्,” उहाँले भन्नुभयो ।

चितवन शुक्रनगर हत्या प्रकरणमा अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लीलाराज लामो समयदेखि मानसिक रोगी भएको अनुसन्धानमा खुलेको छ । “यो घटनाको हामी अनुसन्धान गर्दै छौँ । यो मानिस लामो समयदेखि मानसिक रोगी भएको भन्ने चाहिँ खुल्न आएको छ,” उहाँले भन्नुभयो ।

लीलाराजका दाजु रामकृष्ण गिरी परिवारमा ज्यादै दुःखद घटना भएको बताउनुहुन्छ । परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा पनि यो हत्या लीलाराजले नै गरेकाले हदैसम्मको कारबाहीको माग गरिएको छ । नेपाली सेनाको जमदार पदमा कार्यरत रहेकै बेला मानसिक समस्या भएपछि लीलाराज केही वर्षअघि सेनाबाट निवृत्त भएका थिए । त्यसयता सैनिक अस्पतालको मानसिक विभागमा नियमित उपचार गराउँदै औषधी खाइरहेका थिए । मनोविद् खिमा रिजाल पनि गम्भीर खालका मानसिक रोगीले मात्रै यति ठुला हिंसा गर्न सक्ने बताउनुहुन्छ ।

“यस्तो खालको घटना जटिल मानसिक स्वास्थ समस्या भएका मानिसले मात्रै गर्न सक्छन् । हामी डिप्रेसन मात्रै भनेर बस्छौँ । डिप्रेसनले क्षति गर्ने आफूलाई मात्रै हो । अरूलाई क्षति गर्नु भनेको जटिल खालको मानसिक समस्या हो,” उहाँले भन्नुभयो ।मनोचिकित्सक प्राडा शैलेन्द्रराज अधिकारी नेपालमा विभिन्न अध्ययनले १० देखि १५ प्रतिशत नागरिक मनोरोगी भएका र मनोरोगीमध्ये पनि २० प्रतिशत जटिल खालका मनोरोगी रहेको बताउनुहुन्छ ।

“हाम्रो जस्तो (चितवन मेडिकल कलेज) एउटै अस्पतालमा त अहिले दैनिक सय जनाभन्दा बढी मनोरोगी उपचारका लागि आइरहेका छन् । अब भन्नुस् त यसको अवस्था कति डरलाग्दो छ,” उहाँले थप्नुभयो, “कुनै पनि मनोरोगीलाई होच्याइएको छ । उसलाई विभिन्न कलङ्क लगाइएको छ । औषधी छाडेको वा रक्सी गाँजा, लागुऔषध जस्ता कुलतमा फसेको छ भने ऊ आक्रामक खालको मनोरोगी हुन्छ । जसले अप्रिय घटना गराउन सक्छ ।”

छोरी र भतिजको हत्यापछि लीलाराजले पनि अस्पतालको बेडबाट लेखे, “म नेपाल आर्मीको जमदार लीलाराज गिरी हुँ । परिवारकै सदस्यले मलाई मानसिक तनाव दिइरहन्थे ।” प्राडा अधिकारी यस्ता बिरामीको नियमित उपचार र औषधी सेवन नै समस्या समाधानको बाटो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनोरोगका बारेमा समाजमा जनचेतना जगाउनु पर्छ । सरकारी तवरबाटै पुनस्र्थापना केन्द्र निर्माण गरेर मनोरोगीलाई उद्धार गरिराख्ने वातावरण बनाउन सकियो भने मात्रै पनि समाजमा हुने यस्ता डरलाग्दा अपराध कम हुँदै जाने छन् ।” वसन्त पराजुली -गोरखापत्र

बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.