• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रतिनिधि सभाको गतिरोध कायमै

  •   शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित

राजनीतिक सहमति हुन नसकेपछि प्रतिनिधि सभाको गतिरोध बिहीबार पनि कायमै रह्यो ।

सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) तथा प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) भिजिट भिसा प्रकरण छानबिनका लागि संयन्त्र गठन गर्ने गरी सहमत भए पनि विपक्षीमध्येको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमति जनाएको छैन । संसदीय वा न्यायिक जाँचबुझ समिति माग गरिरहेको रास्वपाले सरकारले गठन गर्ने संयन्त्रमा सहमति नजनाउँदा बिहीबार पनि प्रनिनिधि सभाको अवरोध हट्न नसकेको हो ।

प्रमुख दलले गरेको दुईबुँदे समझदारीमा अध्ययनका लागि रास्वपाले समय माग गरेपछि बिहीबार सहमति नभएको हो । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख तीन दलले बनाएको साझा प्रस्तावमा रास्वपाले थप समय माग गरेको बताउनुभयो । भिजिन भिसा छानबिनको संयन्त्र बनाउने गरी साझा प्रतिबद्धता रहेको र रास्वपालाई पनि यसमा मनाउने प्रयास भइरहेको दलीय छलफलपछि नेता प्रचण्डले बताउनुभएको हो ।

सत्तारूढ दलको प्रस्तावलाई सहमतिका लागि प्रचण्डले अग्रसरता लिए पनि रास्वपा नेताहरू भने छानबिन समितिबारे विपक्षी दल एकैठाउँ रहेको बताउँछन् । रास्वपा सांसद एवं कार्यवाहक प्रवक्ता मनीष झाले विपक्षी दल समिति गठनको पक्षमा रहेको बताउनुभयो । झाले भन्नुभयो, “भिजिट भिसामार्फत मानव तस्करीको सङ्गठित अपराध सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा सबै प्रतिपक्षी दल एक ठाउँमा रहेको हाम्रो निष्कर्ष छ ।”

भिजिट भिसा प्रकरणमा छानबिनको संयन्त्रणको प्रस्ताव कांग्रेस–एमालेले यसअघि नै गरिसकेका थिए । प्रमुख विपक्षी दल माओवादी केन्द्र पनि संयन्त्रमा सकारात्मक भए पनि रास्वपाले अस्वीकार गरेको थियो । प्रस्तावको विकल्पमा रास्वपाले संसदीय समिति र क्षेत्राधिकारलगायतका विषय तोकेर पाँचबुँदे प्रस्ताव पठाएको थियो । पाँचबुँदे प्रस्तावलाई सत्तारूढ दलले अस्वीकार गरेका थिए ।

दलीय सहमति नभएपछि प्रतिनिधि सभा बिहीबार पनि अवरुद्ध भएको छ । भिजिट भिसा प्रकरणमा जेठ १३ गतेदेखि प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका छन् । छानबिन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएर सुरु भएको अवरोधमा मन्त्रीको राजीनामाबाट प्रतिपक्षी पछि हटिसकेका छन् ।

शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.