वैशाख २८ , चितवन । आइतबार साँझ ७ः३० छुरा प्रहार गरी हत्या गरिएको भरतपुर महानगरपालिका १२ मिलनचोक निवासी कांग्रेस बागमती प्रदेशका प्रतिनिधि अनिल परियार (कान) को हत्या चक्कु प्रहारबाट नै भएको पोस्ट मार्टम रिपोर्टबाट खुलेको छ ।
भरतपुर अस्पतालमा गरिएको पोस्ट मार्टममा उनको धारिलो चक्कु प्रहार गरेर हत्या भएको खुलेको हो । पोस्ट मार्टम रिपोर्ट अनुसार उनको छातीदेखि पेटको भागसम्म ३० पटक चक्कु प्रहार भएको पाईएको छ ।चक्कु प्रहारबाट मुटु, कलेजो, फोक्सोजस्ता भित्री अङ्गमा चोट लागेको छ । छातीका केही हड्डीहरु समेत भाँचिएका पोस्ट मार्टम रिपोर्टले देखाएको छ ।
परियारको आइतबार साँझ भरतपुर ७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो ।घटनास्थलमा दुई वटा गोलीको खोका फेला परेको थियो । तर हत्यामा गोली प्रहार नभएको र चक्कु प्रहरा भएको पोस्ट मार्टम रिपोर्टबाट खुलेको छ ।अहिलेसम्म घटनामा संलग्न सोही पनि पक्राउ परेका छैनन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताए ।


