• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

खतराको सूचीबाट हट्यो लुम्बिनी

  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित

बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सम्भावित खतराको सूचीबाट हटेको छ । युनेस्को वल्र्ड हेरिटेज कमिटीको पेरिसमा भइरहेको ४७ औँ विश्व सम्पदा समितिको बैठकले एक वर्षका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । बैठकले लुम्बिनीमा संरक्षणमैत्री र सुधारका काम भइरहेको समेत ठहर गरेको छ ।

बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । युनेस्कोले लुम्बिनीको समग्र अवस्था बुझ्नका लागि रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाउने निर्णय पनि गरेको छ ।

बैठकमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले यो मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने जानकारी दिनुभयो । यसअघि पनि वल्र्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएको थियो । उक्त मिसनले दिएको प्रतिवेदनका आधारमा युनेस्कोले २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।

दिल्लीमा गत साउनमा आयोजित ४६ औँ विश्व सम्पदा समितिको बैठकले लुम्बिनीलाई एक वर्षसम्म खतराको सूचीमा नराख्ने निर्णय गरेको थियो । भारतले एक वर्षका लागि सुधार गर्ने मौका दिनुपर्ने भन्दै संशोधन प्रस्ताव पेस गरेको थियो ।

उक्त बैठकमा सुरुमा १९ देशले भारतको प्रस्तावको स्वागत गरेका थिए । त्यस प्रस्तावको विरुद्धमा १२ बुँदे सुधारको खाका तयार गरिएको थियो । सो खाकाको आधारमा बिहीबार सम्पन्न सम्पदा समितिको २१ राष्ट्र सम्मिलित बैठकले नेपाललाई एक वर्ष मौका दिएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले सबै कुरालाई समेटेर काम गरेको र यसले राम्रो परिणाम दिएको भन्दै अब संरक्षणमैत्री कामलाई निरन्तरता दिने बताउनुभयो ।

लुम्बिनीका सम्पदाको संरक्षण र व्यवस्थापन गर्न एकीकृत व्यवस्थापन संरचना (इन्टिग्रेटेड म्यानेजमेन्ट फ्रेमवर्क) निर्माण र त्यसलाई कार्यान्वयन गर्न विश्व सम्पदा क्षेत्रमा विभिन्न सेक्टर स्ट्राटेजी (खण्डित रणनीतिक योजना) बनाएर काम थालेपछि युनेस्कोले सकारात्मक रूपमा लिएको छ । पाँच विषयमा पुरातत्व, भिजिटर व्यवस्थापन, प्राकृतिक प्रकोप, स्थानीय विकास र बौद्ध समुदायलाई समेटेर रणनीति बनाइएको हो ।

कोषका वरिष्ठ निर्देशक राईले लुम्बिनीको अद्वितीय विश्वव्यापी महत्वलाई जोगाउन धेरै मेहनत गरेर युनेस्कोले मागेका कुरा प्रतिबद्धतामा मात्र नभएर फिल्डमा पनि त्यसै अनुसारको काम गरेपछि अहिलेको सकारात्मक परिणाम आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञ, विशेषज्ञ बोलाएर वल्र्ड हेरिटेज इन्टरनेसनल कन्फरेन्स गरेकाले लुम्बिनीलाई सम्भावित खतराको सूचीबाटै जोगाउन मद्दत मिल्यो ।”

कोषका सदस्यसचिव शाक्यले युनेस्कोले गरेका पुराना सिफारिस पनि अध्ययन गरी उनीहरूको चित्तदुखाइ केमा हो भनेर विश्लेषण गरिएको र एसओसी (स्टेट अफ कन्जर्भसन रिपोर्ट) पठाएकाले परिणाम सुखद आएको बताउनुभयो । पेरिसमा जुलाई ६ देखि चलिरहेको युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४७ औँ बैठक जुलाई १६ मा समापन हुने छ ।

आइतबार, असार २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.