बैशाख ३० , चितवन। भरतपुर महानगरपालिकाकी मेयरपदकी उमेद्वार रेणु दाहालले मतदान गरेकी छन् ।आज बिहान रेनु भरतपुर वडा नम्बर १४ सुन्दरवस्तिमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी दाहालले दोस्रो कार्यकालको नेतृत्व तथा भरतपुरको विकासका लागि मतदान गरेको बताइन्।
चितवनको भरतपुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल एकातिर छन् भने अर्कातिर एमाले र राप्रपाको गठबन्धनबाट एमालेका विजय सुवेदी मेयरमा उठेका छन्।
तपाईको प्रतिक्रिया


