• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘कुलिङ अफ पिरियड’ मा सत्तासीन नै विभाजित

  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित

राष्ट्रिय सभाले दुई वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सभाले सङ्घीय निजामती सेवा विधेयक, २०८० र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

सभाको मङ्गलबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएकोमा सो प्रस्ताव सर्वसम्मत पारित भयो । राष्ट्रिय सभामा निजामती सेवा विधेयक, २०८० माथि १६ वटा समूहमा ४३ वटा संशोधन परेको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सत्तारूढ दल विभाजित

विधेयकमाथिको संशोधनमा सत्तारूढ दल नै विभाजित बनेका छन् । सत्तारूढ नेकपा (एमाले) निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति नपाउने ‘कुलिङ अफ पिरियड’ को विपक्षमा उभिएको छ । नेपाली कांग्रेसलगायतका दलले ‘कुलिङ अफ पिरियड’ को पक्षमा संशोधन दर्ता गराएका छन् ।

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा कांग्रेसबाट निर्वाचित सभाका सदस्य नारायणदत्त भट्टले ‘कुलिङ अफ पिरियड’ को अवधि चार वर्ष राख्नुपर्ने धारणा व्यक्त गरेर सो विषयमा दलको अडानलाई दर्साउनुभयो । प्रतिनिधि सभाले निजामती सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै सार्वजनिक पदमा नियुक्ति लिन पाउने व्यवस्थासहितको ‘कुलिङ अफ पिरियड’ निष्क्रिय गरी पारित गरेपछि सङ्घीय निजामती सेवा विधेयक, २०८० विवादित बनेको छ । तल्लो सदनको राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर मात्रै नियुक्ति लिन पाउने सहमति गरेको थियो तर सभामा विधेयक निर्णयार्थ प्रस्तुत हुँदा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था निष्क्रिय गर्ने आशयसहितको शब्द थपियो ।

नेकपा (एमाले) सहित प्रतिनिधि सभामा प्रतिनिधित्व रहेका सबै दलका सदस्यले सहमतिविपरीत ‘कुलिङ अफ पिरियड’ हटाएको भन्दै सो विषयमा छानबिन हुनुपर्ने र छानबिनमा दोषी ठहर हुनेलाई कारबाही गर्नुपर्ने माग गरिरहँदा राष्ट्रिय सभामा नेकपा (एमाले) ले ‘कुलिङ अफ पिरियड’ को विपक्षमा संशोधन राखेको हो ।

समिति र सभामा अल्पमत

‘कुलिङ अफ पिरियड’ को विपक्षमा संशोधन राखे पनि समिति र राष्ट्रिय सभामा सो प्रस्तावमाथि सहमति नभए सत्ताको नेतृत्व गरेको एमालेको संशोधन अस्वीकृत हुने छ । मत विभाजनको अवस्था आए एमालेको प्रस्ताव अस्वीकृत हुने छ ।

समितिका सभापति तुलसाकुमारी दाहाल अतिरिक्त एमालेबाट प्रमुख सचेतक गोपाल भट्टराई मात्रै सदस्य हुनुहुन्छ । मनोनीत सदस्य डा. अञ्जान शाक्यसमेत समितिमा हुनुहुन्छ । सत्ता साझेदार कांग्रेसले सहमति जनाए पनि समिति र राष्ट्रिय सभा दुवैमा सरकार अल्पमतमा छ तर कांग्रेसले कुलिङ अफ पिरियडको पक्षमै रहेको अडान दोहो¥याएको छ । १५ सदस्यीय समितिमा नेपाली कांग्रेसका चार, माओवादी केन्द्रका पाँच, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टी नेपालका एक सदस्य हुनुहुन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि ‘कुलिङ अफ पिरियड’ को पक्षमै संशोधन राखेको छ ।

बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.