भारतीय फिल्म ‘सैयारा’ को कमाइको आँकडा दिन प्रतिदिन बढिरहेको छ।
यो फिल्मले भारतमा २ सय २० करोड ७५ लाख भारू कमाइ गरेको छ। शनिबारसम्ममा फिल्मले उक्त कमाइ गरेको हो। यशराज फिल्मस्को ‘सैयारा’ ले एक सातामा (बिहीबारसम्म) १ सय ७५ करोड २५ लाख भारू नेट कमाइ थियो। फिल्मले दोस्रो शुक्रबार १८ करोड ५० लाख र शनिबार २७ करोड भारू कमायो।

पहिलोभन्दा दोस्रो शनिबार फिल्मको कमाइ अझ बढ्यो। पहिलो शनिबार फिल्मले २६ करोड २५ लाख भारू कमाएको थियो। मुहित सुरी निर्देशित तथा अहान पाण्डे र अनित पड्डा अभिनीत फिल्मले थुप्रै रेकर्डहरू समेत बनाएको छ।
नेपालका हलमा पनि ‘सैयारा’ हेर्न दर्शकहरूको चाप छ।
तपाईको प्रतिक्रिया


