• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सात घण्टासम्म मुखबाट कृत्रिम श्वासदिएर रक्षा गरिन अनमीले शिशुको प्राण

  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित

स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई अनमीले लगातार सात घण्टासम्म मुखले कृत्रिम श्वास दिएर बचाउन सफल हुनुभएको छ । बैतडीको सिगास गाउँपालिका–४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाउनुभएको हो ।

गत बिहीबार स्वास्थ्य केन्द्रमा प्रसूति व्यथा लागेर आएकी सोही वडाकी २० वर्षीय लक्ष्मी धामीले राति ९ बजेर ३३ मिनेटमा निसासिएको अवस्थामा शिशु जन्माउनुभएको थियो । शिशुले श्वास फेर्न नसकेपछि राति साढे ९ बजेदेखि बिहान ४ बजेसम्म कृत्रिम श्वास दिएर शिशुको ज्यान जोगाउन सफल भएको अनमी पुजाराले बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य केन्द्रमा कृत्रिम श्वास दिन एउटा एम्बुबेगबाहेक कुनै उपकरण थिएन । यो पनि नमिल्ने भएपछि मुखले नै शिशुलाई कृत्रिम श्वास दिएर बचाउन सफल भएँ । सुविधा भएको अस्पताल लैजान गाउँमा बाटोघाटो र यातायातको सुविधा छैन । स्वास्थ्य केन्द्रमा पर्याप्त उपकरण पनि छैनन् ।”

अहिले नवजात शिशु र सुत्केरीको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य केन्द्रबाट घर फर्किनुभएकी सुत्केरीलाई नियमित जाँच गर्न घरमै पुगेर सेवा दिइरहेको अनमी पुजाराले बताउनुभयो । उहाँले आफूले गरेको कार्यले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएकाले चौतर्फी प्रशंसा पाउँदा खुसी लागेको बताउनुभयो ।

अनमी पुजारा स्वास्थ्य केन्द्रमा करारमा कार्यरत रहेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक घनश्याम बोहराले बताउनुभयो । उहाँले अनमी पुजाराको उच्च मूल्याङ्कन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अनमी पुजाराले निकै ठुलो हिम्मत राखेर शिशुको ज्यान जोगाउनुभयो । उहाँले शिशुको स्वास्थ्य अवस्थाका बारेमा राति नै फोनमार्फत जानकारी गराउनुभएको थियो । रातिको समय भएकाले होलिकोप्टरबाट उद्धार गर्न सम्भव भएन । अन्यत्र पठाउन पनि ८/१० घण्टा हिँडेर मात्र सडकमा पुग्न सकिने अवस्था छ । यस्तो सङ्कटका बेला रातभरि जाग्राम बसेर शिशुको ज्यान बचाउनुभयो । उहाँलाई धन्यवाद छ ।”

आठ वर्षमा पनि बनेन अस्पताल

एक पालिका, एक अस्पतालको नारा सार्वजनिक भए पनि सिगास गाउँपालिकामा गएको आठ वर्षसम्म अस्पताल बन्न सकेको छैन । जग्गाको खोजी गरेर भर्खरै अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम सुरु भएको स्वास्थ्य शाखा संयोजक घनश्याम बोहराले बताउनुभयो । उहाँले गाउँपालिकामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा करारका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिरहेको बताउनुभयो । करारका स्वास्थ्यकर्मीले राम्रो काम गरे पनि प्रदेश सरकारले मूल्याङ्कन नगरेको उहाँले बताउनुभयो ।

सिगास गाउँपालिकाका नौ वटै वडामा छ वटा स्वास्थ्यचौकी, चार आधारभूत स्वास्थ्यचौकी, एक सामुदायिक स्वास्थ्य एकाइ र स्वास्थ्य संस्थाबाहेक १० वटा प्रसूति केन्द्र गरेर २१ वटा स्वास्थ्य संस्था रहेका छन् ।

पालिकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये करारमा ३२ जना स्थायी दरबन्दीमा २१ जना कार्यरत छन् । करारका स्वास्थ्यकर्मीका लागि प्रदेश र सङ्घ सरकारबाट तलब सुविधा नआउँदा गाउँपालिकाले वार्षिक करिब डेढ करोड रुपियाँ खर्च गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।

बुधबार, साउन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.