बैशाख ३० ,काठमाडौं। निर्वाचन आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको गरिएको बताए । ‘निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।धेरै मतदाता भएको ठाउँम अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले जानकरी दिए ।
निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा दलहरुको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ ।कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको छ ।
तपाईको प्रतिक्रिया


